उनान्तीसौं ग्रीष्मकालीन ओलम्पिक खेलकुदको उद्घाटन समारोह हिजो बेलुका पैचिङ्गस्थित राष्ट्रिय रंगशालामा आयोजना गरियो। आज बिहान अन्तर्राष्ट्रिय ओलम्पिक समितिका आजीवन मानार्थ अध्यक्ष चुआन अन्टनिव सामारान्चले हाम्रा पत्रकारसँग कुराकानी गर्दै पैचिङ्ग ओलम्पिक खेलकुदको उद्घाटन समारोह निकै सफल तथा प्रभाकारी रहेको कुरा बताउनुभएको छ।
यसका साथै उहाँले ओलम्पिक खेलकुदका लागि चिनियाँ जनताले गरेको अथक प्रयासलाई सारा विश्वले देखेको छ भन्दै पैचिङ्ग ओलम्पिक खेलकुद पूर्ण रुपमा सफल हुने कुराको शुभकामना व्यक्त गर्नुभएको छ।
|