
पैचिङ्ग समय अनुसार नौ तारिख बेलुका नौ तीस बजेसम्म पैचिङ्ग ओलम्पिक खेलकुदमा सात वटा स्वर्ण पदकको नतिजा घोषणा गरिएको छ।

आज बिहान आयोजित महिला दश मिटर एयर राइफल सुटिङ खेल र महिला अठचालिस किलोग्राम स्तरको भारत्तोलनमा दुइटा स्वर्ण पदकको नतिजा घोषणा गरिएको हो। चेक र चीनका खेलाडीले छुट्टा छुट्टै रुपमा यी दुइटा स्वर्ण पदक पाएका छन।

आज दिउँसो आयोजित पुरुष दश मिटर एयर राइफल सुटिङ खेलको फाइनलमा चीनका खेलाडी पांग वैले स्वर्ण पदक पाएका छन।

पुरुष सडक साइकलको फाइनलमा स्पेनका खेलाडीले स्वर्ण पदक पाएका छन।
यसका अतिरिक्त रोविङ्ग र साब्रे खेलमा पनि तीन वटा स्वर्ण पदकको नतिजा घषणा गरिएको छ।

हालसम्म घोषणा भएको नतिजा अनुसार चीनले दुइटा स्वर्ण पदक पाएयर अग्रस्थानमा रहेको छ।
|