china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    विदेशी सञ्चार-माध्यमहरुद्वारा पैचिङ ओलम्पिक खेलकुदको उद्घाटन् समारोहको प्रशंसा
    (GMT+08:00) 2008-08-10 15:27:15    

           विभिन्न विदेशी सञ्चार माध्यमहरुले हाल पैचिङ ओलम्पिक खेलकुदको उद्घाटन समारोहबारे धेरै समाचार प्रसारण गर्नुका साथै त्यसको उच्च मूल्यांकन पनि गरेका छन्।

           सिंगापुरको "लेन ह चाउ पाउ"ले आज एक टिप्पणी प्रकाशित गर्दै यस पटकको उद्घाटन समारोहको प्रदर्शनले पश्चिमी मुलुकका दर्शकहरुलाई छक्क पारेको कुरा उल्लेख गरेको छ।

           अमेरिकाका मुख्य संचार माध्यमहरुले हिजो उद्घाटन समारोहले मनमोहक चिनियाँ संस्कृति प्रदर्शन गरेकोमा प्रशंसा गरेका छन्। अमेरिकी एन.बि.सिले हिजो जनाएअनुसार, त्यसले प्रसारण गरेको उद्घाटन् समारोहको प्रशंसा अमेरिकी दर्शकले गरेका छन् । अमेरिकामा पैचिङ ओलम्पिक खेलकुदको उद्घाटन समारोह हेर्नेको संख्या , अमेरिकाबाहेक अन्य देशमा आयोजना भएको ओलम्पिकको उद्घाटन समारोह हेर्नेको संख्याभन्दा बढी रहेको छ।

           हिजो बेलायती समाचार-पत्रहरुले पैचिङ ओलम्पिक खेलकुदको उद्घाटन समारोहको उच्च मूल्यांकन गरेका छन्। "फाइनेन्शल टाइम्स"ले उद्घाटन समारोहले चीनलाई ओलम्पिक खेलकुदको उद्घाटन् समारोहसम्बन्धी प्रतियोगितामा एउटा स्वर्ण पदक प्राप्त गराएको ठहर गरेको छ।

           त्यसअतिरिक्त, रुस, कजाकिस्तान, जर्मनी, चेक, इजिप्ट, मोरक्को, नाइजेरिया, इटली, हंगेरी लगायतका मुलुकहरुले उद्घाटन समारोहको छुट्टा छुट्टै रुपमा प्रशंसा गरेका छन्।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040