china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    पैचिङ ओलम्पिक खेलकुद उद्घाटन् समारोहद्वारा विश्व प्रभावित्
    (GMT+08:00) 2008-08-10 18:31:19    
           उनान्तीसौं ग्रीष्मकालीन् ओलम्पिक खेलकुद अस्ति बेलुकी आठ बजेदेखि पैचिङमा औपचारिक रुपमा शुरु भएको छ। भव्य उद्घाटन् समारोहले विश्वका विभिन्न मुलुकका दर्शकहरुलाई प्रभावित गरेको छ। कतिपय मुलुकका दर्शकहरुले उद्घाटन् समारोहलाई धेरै ध्यान दिएर ओलम्पिक खेलकुदबाट ल्याइने खुसी संयुक्त रुपमा उपभोग गरेका छन्।

          विभिन्न क्षेत्र परेको र टेलिभिनज प्रसारणको योजनाबमोजिम, अमेरिकीहरुले ओलम्पिक खेलकुदको उद्घाटन् समारोहको बाह्र घण्टापछि टेलिभिजन प्रसारण हेर्न पाएका छन्। तथापि उद्घाटन् समारोहले तिनीहरुमा ल्याएको अचम्म तथा खुसीको भावना घटेको छैन। अमेरिकाको मेरील्यान्ड राज्यमा रहेको एउटा चिनियाँ रेस्टुरांमा आफ्ना साथीहरुसँग उद्घाटन् समारोह हेरेका अमेरिकी गोगुलले उद्घाटन् समारोह धेरै उत्कृष्ट रहेको कुरा बताए।

           धेरै राम्रो छ। मेरो मनमा गहिरो छाप परेको छ। सो प्रदर्शन धेरै महान छ भने विशेष गरी नाचगान अति राम्रा छन्। त्यति धेरैजना अभिनेता-अभिनेत्रीलाई निर्देशन गरी यस्तो उत्कृष्ट प्रदर्शन गर्न धेरै गाह्रो छ। यसका साथै ती नाचगानहरु मेरा लागि बुझ्न सजिला छन्।

           यसका साथै यस भव्य समारोहको केन्याका दर्शकहरुले एकताका साथ उच्च मूल्यांकन गरेका छन्। नाइरोबीको कन्फ्युसियस विद्यालयमा चिनियाँ भाषा अध्ययनरत मुको लुसी भन्छिन् -

           चिनियाँहरुले उद्घाटन् समारोहमा तिनीहरुको संस्कृति देखाएकोमा मलाई धेरै खुसी लागेको छ। किनभने हामीले धेरै चिनियाँ संस्कृति देखेका छौं। चीनले पूरातन कालदेखि नै त्यस मूल्यवान् संस्कृतिलाई बिँडो थामेको छ। मलाई यस्तो कुरा धेरै मन पर्छ।

           मेक्सिको शहरमा कतिपय मेक्सिकोबासीहरुलाई उद्घाटन् समारोहद्वारा अभिव्यक्त गरिएको चिनियाँ संस्कृतिले प्रभावित गराएको छ। पचास वर्षीय जोस जार्सिया मेक्सिकोका एक माध्यमिक विद्यालयका प्रिन्सिपल हुनुहुन्छ। उहाँ भन्नुहुन्छ-

           मेरो विचारमा यस पटकको उद्घाटन् समारोह ओलम्पिक इतिहासमा सबैभन्दा महत्वपूर्ण प्रदर्शन हुनेछ। त्यहाँ चिनियाँहरुको राष्ट्रिय संस्कृति, राष्ट्रिय भावना तथा चीनका पूरातन कालका चारवटा आविष्कार प्रदर्शन गरिएको छ । त्यसअतिरिक्त, उद्घाटन् समारोहले चीन तथा विश्वका महान् संस्थापक कन्फ्युसियसको भावना पनि प्रदर्शन गरेको छ। यस पटकको ओलम्पिक खेलकुदको उद्घाटन् समारोह बितेका ओलम्पिक खेलकुदहरुमध्येको सबैभन्दा सुन्दर उद्घाटन् समारोह हो।

            जर्मनीको राजधानी बर्लिनमा जर्मनीका विभिन्न क्षेत्रबाट आएका प्रतिनिधिहरुले जर्मनीस्थित चीनियाँ राजदुताबासमा ओलम्पिक खेलकुद उद्घाटन् समारोहको प्रत्यक्ष प्रसारण देखेका छन्। धेरै रोचक तथा रचनात्मक उद्घाटन् समारोहले जर्मनीका कानुनमन्त्री बरिगिट चिपरिसलाई निकै ठूलो प्रभाव पारेको छ। उहाँ भन्नुहुन्छ-

           महान तथा सुन्दर उद्घाटन् समारोहले चिनियाँहरु बुद्धिमान् तथा रचनात्मक रहेको कुरा प्रमाणित गरेको छ। उद्घाटन् समारोहले चीनप्रति विश्वको छापलाई अझ गहिरो पारेको छ।

            बेलायतको लण्डनस्थित चीनियाँ राजदुताबासमा प्रत्यक्ष प्रसारण हेरिरहेका बेलायती सांस्कृतिक संघका पदाधिकारी गोर्डन स्लाभन उद्घाटन् समारोह धेरै रोचक रहेको कुरा बताउनुहुन्छ।  

            मलाई उद्घाटन् समारोह धेरै राम्रो लागेको छ। मेरो प्रतीक्षा आज सकियो । उद्घाटन् समारोहले उज्यालो रंगको प्रयोग गरेको छ। त्यो प्रदर्शन महान तथा विशेष छ। त्यसले चीनको पुरानो इतिहास तथा रंगीचंगी संस्कृति राम्रोसँग जोडेको छ। प्रदर्शन गर्ने तरिका पनि धेरै आकर्षक छ।

            इटलीमा उद्घाटन् समारोहको प्रत्यक्ष प्रसारण हेर्नुभएका जाबरिले लिचिट्राले चीनप्रति विश्वले विचार- परिवर्तन गर्नसक्ने ठहर गर्नुभयो। उहाँ भन्नुहुन्छ,

            मैले पैचिङ ओलम्पिक खेलकुदको उद्घाटन् समारोह सम्पूर्ण रुपमा हेरेको छु। ओलम्पिक खेलकुदको मुख्य रंगशाला "बड्स नेस्ट" तथा वाटर क्युब र सम्पूर्ण पैचिङ शहर रंगीचंगी देखिन्छ। चीनका छपन्न जातिको प्रतिनिधित्व गर्ने बालकहरु निकै राम्रा छन्। ओलम्पिक खेलकुदको उद्घाटन् समारोहले चीनको नयाँ छवि विश्वलाई देखाएको छ।

           स्वीजरल्याण्डको लाउसन शहरमा पर्ने ओलम्पिक संग्रहालय आठ तारिख निःशुल्क रुपमा दर्शकहरुका लागि खुला भएको छ। स्वीजरल्याण्डका सयौं नागरिकहरुले ठूलो पर्दामा ओलम्पिक खेलकुदको रोचक उद्घाटन् समारोह हेरेका छन्। स्वीजरल्याण्डका दर्शक स्टानिसलास चावोदनिक भन्छन् ,

           एकदम रोचक छ। चिनियाँहरुले यस्तो ठूलो पैमानाको प्रदर्शन सिर्जना गरेकामा मलाई धेरै अचम्म लागेको छ। मेरो मनमा सबैभन्दा गहिरो छाप भनेको मुख्य ज्योतिलाई बाल्ने समारोह तथा रंगशालाको केन्द्रमा रहेको चिनियाँ विशेषतायुक्त रंगीचंगी लालटीन हो।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040