चीनका राष्ट्राध्यक्ष हु चिन थाउले आज पैचिङ ओलम्पिक खेलकुदको उद्घाटन समारोहमा सहभागी बोस्निया हर्जगोभिनाका वर्तमान अध्यक्ष हारिस सालाचजिच, ब्रुनाइका सुल्तान हाजि हासानाल लगायतका नेताहरुसँग समूहिक रुपमा भेटघाट गर्नुभयो।
राष्ट्राध्यक्ष हु चिन थाउले पैचिङ ओलम्पिक खेलकुदमा भाग लिएकोमा उहाँहरुलाई हार्दिक धन्यवाद ज्ञापन गर्नुभयो।
उक्त भेटघाटमा सहभागी विदेशी नेताहरुले पैचिङ ओलम्पिक खेककुदको उद्घाटन समारोह निकै रोचक रहेको तथा आयोजना कार्य व्यवस्थित रहेको भनी प्रशंसा गर्नुभयो। उहाँहरुले पैचिङ ओलम्पिक खेलकुद पूर्ण सफल होस् भन्ने शुभकामना पनि व्यक्त गर्नुभयो।
|