चीनका प्रधानमन्त्री वन च्या पाउले आज पैचिङमा ओलम्पिक खेलकुदमा सहभागी फिन्ल्याण्डका प्रधानमन्त्री माटी भानहानेन, नेदरल्याण्डका प्रधानमन्त्री जान पिटर बालकेनेदसँग भेटघाट गर्नुभयो।
फिन्ल्याण्डका प्रधानमन्त्री माटी भानहानेनसँग भेट-वार्ता गर्दा प्रधानमन्त्री वन च्या पाउले फिन्ल्याण्ड युरोपेली संघमा चीनको एउटा विश्वासिलो राम्रो साथी तथा साझेदार भएको कुरा बताउनुभयो । प्रत्युत्तरमा प्रधानमन्त्री माटी भानहानेनले चीनसँग उच्च तहको आदान-प्रदानको निरन्तरता हुनसक्ने आशा फिन्ल्याण्डले गरेको कुरा बताउनुभयो।
नेदरल्याण्डका प्रधानमन्त्री जान पिटर बालकेनेदसँग भेटघाट गर्दा प्रधानमन्त्री वन च्या पाउले नेदरल्याण्डसँगै मिलेर दुई पक्ष बीचको मैत्रीपूर्ण तथा सहयोगात्मक सम्बन्धमा अरु बढी उपलव्धी हासिल गर्न चीन इच्छुक रहेको कुरा बताउनुभयो । प्रत्युत्तरमा श्री जान पिटर बालकेनेदले चीनसँगको आपसी वार्ता तथा सहयोगलाई सबल पार्ने, विश्वव्यापीकरणबाट आउंने चुनौतिको संयुक्त रुपमा सामना गर्ने, क्षेत्रीय चर्चित विषयको उचित रुपमा समाधान गर्ने आशा नेदरल्याण्डले राखेको कुरा बताउनुभयो।
|