पैचिङ ओलम्पिक खेलकुदको सम्बन्धित कार्यक्रममा सहभागी अमेरिकी राष्ट्रपति बुशले आज दिउँसो पैचिङ ओलम्पिक खेलकुद मानिसहरुको अनुमानभन्दा राम्रो रहेको छ भन्दै सम्पूर्ण प्रदर्शन निकै आकर्षक रहेको भनी प्रशंसा गर्नुभयो।
राष्ट्रपति बुशले चीनका उप-राष्ट्राध्यक्ष सि चिन फिंगसँग भेटघाट गर्दा उक्त कुरा बताउनुभयो।
श्री बुशले पैचिङमा पुरुष पौडी तथा महिला बास्केटबल लगायत प्रतियोगिताहरु हेर्नुभयो। आज राती उहाँले चिनियाँ र अमेरिकी पुरुष बास्केटबल टोलीबीचको प्रतियोगिता हेर्नुहुनेछ। थाहा भएअनुसार, श्री बुश भोलि पैचिङ छोड्नुहुने कार्यक्रम छ ।
|