 विभिन्न विदेशी सञ्चार माध्यमहरुले हाल पैचिङ ओलम्पिक खेलकुदको उद्घाटन समारोहबारे धेरै समाचार प्रसारण गर्नुका साथै त्यसको उच्च मूल्यांकन पनि गरेका छन्।
नेपालको सरकारी दैनिक समाचार-पत्र "द राइजिंग नेपाल"ले आज एउटा सम्पादकीय प्रकाशित गर्दै पैचिङ ओलम्पिक खेलकुदको खुलेर प्रशंसा गरेको छ। त्यसअनुसार, पैचिङ ओलम्पिक खेलकुदको उद्घाटन चिनियाँहरुको मात्र विजय नभई सारा विश्वका जनताको महान विजय भएको कुरा औँल्याईएको छ ।
सिंगापुरको "लेन ह चाउ पाउ"ले आज एक लेख प्रकाशित गर्दै यस पटकको उद्घाटन समारोहको प्रदर्शनले पश्चिमी मुलुकका दर्शकहरुलाई छक्क पारेको कुरा उल्लेख गरेको छ।
अमेरिकाका मुख्य संचार माध्यमहरुले हिजो उद्घाटन समारोहले मनमोहक चिनियाँ संस्कृति प्रदर्शन गरेकोमा प्रशंसा गरेका छन्। अमेरिकी एन.बि.सिले हिजो जनाएअनुसार, त्यसले प्रसारण गरेको उद्घाटन् समारोहको प्रशंसा अमेरिकी दर्शकले गरेका छन् । अमेरिकामा पैचिङ ओलम्पिक खेलकुदको उद्घाटन समारोह हेर्नेको संख्या , अमेरिकाबाहेक अन्य देशमा आयोजना भएको ओलम्पिकको उद्घाटन समारोह हेर्नेको संख्याभन्दा बढी रहेको छ।
हिजो बेलायती समाचार-पत्रहरुले पैचिङ ओलम्पिक खेलकुदको उद्घाटन समारोहको उच्च मूल्यांकन गरेका छन्। "फाइनेन्शल टाइम्स"ले उद्घाटन समारोहले चीनलाई ओलम्पिक खेलकुदको उद्घाटन् समारोहसम्बन्धी प्रतियोगितामा एउटा स्वर्ण पदक प्राप्त गराएको ठहर गरेको छ।
त्यसअतिरिक्त, रुस, कजाकिस्तान, जर्मनी, चेक, इजिप्ट, मोरक्को, नाइजेरिया, इटली, हंगेरी लगायतका मुलुकहरुले उद्घाटन समारोहको छुट्टा छुट्टै रुपमा प्रशंसा गरेका छन्।
|