एउटै सपना एउटै संसारको नारा बोकेर यतिखेर संसारको ध्यान बेइजिङ्गको मुटुमा रहेको चराको गुँडमा केन्दि्रत भएको छ । बेइजिङ्गको राष्टि्रय रङ्गशालालाई बनावट अनुसार वर्डनेष्ट भनिन्छ । अहिले त्यहाँ हुँदै गरेको 29औँ गृष्मकालीन ओलम्पिकले सबैको ध्यानलाई तानेको छ । सबैले घरघरमा टेलिभिजनको पर्दाबाट बेइजिङ्गलाई चिहाउँदैछन् ।
अहिले साँझ सुरु भएको 29औँ गृष्मकालीन ओलम्पिकलाई नेपाल र चीनबीचमा कार्यरत विभिन्न संघसंस्थाले शुभकामना व्यक्त गर्दै आफ्नो हर्षोल्लास व्यक्त गरेका छन् । चीन अध्ययन केन्द्रका अध्यक्ष मदन रेग्मीले बेइजिङ्ग ओलम्पिकको उद्घाटन हेर्न पाउँदा आफूलाई अति खुशी लागेको बताउनुभयो । उहाँले सि.आर.आई.सँगै कुरा गर्दै बेइजिङ्ग ओलम्पिक 2008 को भव्य सफलताको कामना पनि व्यक्त गर्नुभयो ।
नेपाल चाइना फ्रेण्डशीप युथ एसोसिएनका अध्यक्ष प्रकाशबाबु पौडेलले आफूले टेलिभिनज हेर्दा स्वयं चीनमा पुगको अनुभव गरेको बताउनुभयो । उहाँले एउटै संसार एउटै सपना साँच्चै नै साकार भएको पनि बताउनुभयो ।
सि.आर.आई. श्रोता क्लबहरुको राष्टि्रय परिषद नेपालका कार्यवाहक अध्यक्ष टिकाराम घिमिरेले सि.आर.आई.का समस्त श्रोता तथा श्रोता क्लबहरुको तफबाट 29 औँ गृष्मकालीन ओलम्पिक खेलकूद अभूतपूर्व रुपमा सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो "म पनि टेलिभिजनमा ओलम्पिक खेलको उद्घाटन हेर्न पाउँदा चिनियाँ नागरिकजत्तिकै खुशी भएको छु ।"
अरनिको समाजका अध्यक्ष डा. हरिश्चन्द्र शाहले समस्त नेपालीहरु टेलिभिजनमा केन्दि्रत भएर 29औँ ओलम्पिकमा रमाइरहेका बेला आफूले पनि त्यही रमाइलो पाएको बताउनुभयो । उहाँले भन्नुभयो "चिनियाँ जनताले यतिखेर ओलम्पिक उद्घाटनलाई महान् उत्सवका रुपमा लिएको छन् । यो हामी एसियावासीकै लागि गौरवको कुरा हो । "
चेतनाथ आचार्य
सि.आर.आई.
काठमाडौँ
|