 चीनको राज्य परिषदका सदस्य एवम् प्रतिरक्षा मन्त्री ल्याङ्ग क्वाङ्ग लइले आज पैचिङ्गमा पैचिङ्ग ओलम्पिक खेलकुद प्रतियोगिता सम्बन्धी कार्यक्रममा सहभागी हुन आएका बङ्गलादेशका स्थल सेनाका चीफ अफ जनरल मोइन यु अहमेदसित भेटघाट गर्नुभएको छ।
त्यस अवसरमा श्री ल्याङ्गले बोल्दै बङ्गलादेश सरकार, जनता र सेनाले पैचिङ्ग ओलम्पिक खेलकुद प्रतियोगिताको तयारी र आयोजना गर्दै आएको चीनलाई दिएका निकै मूल्यावान समर्थनप्रति दिलैदेखि धन्यवाद दिन चाहन्छ भनी बताउंनुभएको छ। चिनियाँ जनमुक्ति सेनाले बङ्गलादेशको सेनासितको मैत्रीपूर्ण सम्बन्धमाथि निकै ठूलो नजर पुर्याउँदै आएको छ । चीन र बङ्गलादेश बीचका दीर्घकालीन मैत्रीपूर्ण , समान र पारस्परिक हित-कल्याणयुक्त सहयोगी साझेदारी सम्बन्धलाई संगसंगै मिलेर निरन्तर रुपमा अघि बढाउन चीन इच्छुक छ भनी बताउंनुभएको छ।
प्रत्युत्तरमा श्री मोइनले बोल्दै बङ्गलादेशले थाइ वान र तिब्बतबारे एक चीनको अडानलाई अटल भएर समर्थन गर्दै आएको छ भनी बताउंनुभएको छ।
|