चीनका प्रधान मन्त्री वन च्या पाउले हिजो पैचिङ्गमा ओलम्पिक खेलकुदको उद्धाटन समारोहमा सहभागी विभिन्न मुलुकका राष्ट्रनायकहरुसँग भेटघाट गर्नुभयो।
अमेरिकी राष्ट्रपति जर्ज डब्लु बुशसँगको भेटघाटमा प्रधानमन्त्री वनले चीन तथा अमेरिकाले व्यापारको संरक्षण र विस्तारलाई संयुक्त रुपमा बढाउंनुका साथै समष्टिगत अर्थतन्त्र नीतिको सामन्जस्यता तथा अन्तर्राष्ट्रिय आर्थिक क्षेत्रमा दुई देश बीचको आदान-प्रदानलाई सबल पार्नुपर्ने कुरा व्यक्त गर्नुभयो। सोही अवसरमा श्री बुशले अमेरिकाले चीनसँगको वार्ता तथा सहयोगलाई प्रवर्द्धन पार्ने इच्छा लिएको र अमेरिका-चीन सहयोगात्मक सम्बन्धलाई अझ घनिष्ट पार्ने प्रयास आफूले गर्दै जाने कुरा प्रकट गर्नुभयो।
यसका साथै उहाँले गिनिया, फिजी, टोङ्गा, भानवातु, नेदरल्याण्ड, अल्जेरियाका प्रधानमन्त्री एवम् जर्मनीका भूतपूर्व प्रधानमन्त्रीसँग पनि भेटघाट गर्नुभयो।
|