पैचिङ्ग ओलम्पिक खेलकुद प्रतियोगिता शुरु भएयता विभिन्न मुलुकका सञ्चारमाध्यमहरुले पैचिङ्ग ओलम्पिक खेलकुद प्रतियोगिताको उद्घाटन समारोहका विषयमा उच्च मूल्यांकन गर्दै आएका छन्।
अमेरिकी मुख्य सञ्चार माध्यमहरुले उद्घाटन समारोहको भव्यताको प्रशंसा मात्र गरेका छैनन् पैचिङ्ग ओलम्पिक खेलकुद प्रतियोगिताबाट ओलम्पिक भावना प्रतिबिम्वित भएको भनी प्रशंसा व्यक्त गरेका छन्।
त्यसरी नै यमनको पोलिथिकेन पत्र र यूगाण्डाका दुई मुख्य समाचार- पत्रहरु " न्यू भिसिओन " र " मोनिटर" ले उद्घाटन समारोहबाट चीनको प्राचीनकालको इतिहास र वर्तमान दृष्य देखाइएको भनी बताएका छन्। भनाइ अनुसार उद्घाटन समारोह भव्य र चमत्कारपूर्ण रहेको थियो ।
|