china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    थुप्रै पैचिङ्गबासीहरु व्यायाममा सरिक
    (GMT+08:00) 2008-08-11 21:58:21    
             खेलकुद व्यूरोका प्रेस प्रवक्ता सुन स्ये छाइले आज पैचिङ्गमा बोल्दै बितेका पाँच वर्षमा पैचिङ्गले ओलम्पिकको तयारीको मौका पारी सम्पूर्ण पैचिङ्गबासीहरुमाझ व्यायामलाई विस्तार गर्दै आएको जनकारी दिनुभएको छ । पैचिङ्गबासीहरुले खेलकुदप्रति देखाएको उत्साह निकै ठूलो देखिन्छ। प्राप्त तथ्याङ्कअनुसार, पैचिङ्गबासीहरुको पचासी प्रतिशतको शारीरिक स्तर राष्ट्रिय स्तरसँग मेल खाएको र उनीहरुको स्वस्थ स्तर पनि ठूलो मात्रामा उकासिएको देखिन्छ। अब सुनौं, हाम्रो रेडियोका सम्बाददाताले पठाउनुभएको यससम्बन्धी विस्तृत विवरणः

             आज पैचिङ्गमा आयोजित पत्रकार सम्मेलनमा पैचिङ्ग खेलकुद व्यूरोका प्रेस प्रवक्ता सुन स्वे छाइले जानकारी दिनु भएअनुसार, गतवर्षको अन्तसम्म पैचिङ्गका सबै सडक, गाँउबस्ती तथा प्रशासनिक स्थानमा बासिन्दाहरुका लागि व्यायाम गर्ने प्रबन्ध गरिइसकेको थियो । यस अतिरिक्त, फरक-फरक मान्छेले व्यायाम गर्ने विविध मांगलाई पूरा गर्न पैचिङ्ग सरकारले एक करोड चिनियाँ युआन भन्दा बढी रकम छुट्याई विभिन्न बसोबास क्षेत्रमा लगभग साठी टेबुलटेनिस तथा बास्केटबल कोर्ट निर्माण गरेको छ। यसले गर्दा पढाइ सिध्याएपछि युवा-युवतीहरुले आफूलाई मन पर्ने खेल खेल्न सक्छन्। यसबारे विस्तृत जानकारी दिँदै श्री सुनले भन्नुभयोः  

            "बितेका पाँच वर्षको अवधिमा व्यायाम कार्यक्रममा भाग लिएका बासिन्दाहरुको संख्या बढ्दै गएको छ र उनीहरुको स्वास्थ्य पनि स्पष्ट रुपमा उकासिएको देखिन्छ । बासिन्दाहरुको व्यायाम गर्ने विचार पनि बढ्दै गएको देखिन्छ। एउटा नमुना दिऊँ—गत वर्ष हामीले सम्पूर्ण पैचिङ्गका बसोबास क्षेत्रमा टेबुलटेनिस प्रतियोगिता आयोजना गर्‍यौं। त्यस कार्यक्रममा पैचिङ्गका तीन सय चौध सडक, दुई हजार पाँच सय तेइस बसोबास क्षेत्र तथा तीन हजार नौ सय चौहत्तर प्रशानिक गाँउका अठ्ठाइस लाख मानिसले भाग लिए। पैचिङ्गबासीहरुले भाग लिएका खेलकुद कार्यक्रमहरुमध्ये यो सबभन्दा ठूलो परिधिको र सबभन्दा बढी मानिसले भाग लिएको कार्यक्रम हो।"

              हालसम्म पैचिङ्गमा पैचिङ्ग अन्तर्राष्ट्रिय लामो दूरी दौड दिवस, हजारौं जनाको सहभागिता भएको ब्याटमिङटन प्रतियोगिता, बसोबास क्षेत्रका मेलमिलापयुक्त बास्केटबल प्रतियोगिता लगायत सर्वसाधारणको सहभागिता भएका पन्ध्र खेलकुद कार्यक्रम नियमित रुपमा आयोजना हुने भएको छ र लगभग पाँच हजार बासिन्दाहरु बिहान तथा बेलुकी व्यायाम गर्ने गरेका छन् । व्यायाम गर्ने ठाँउ भएको निर्देशन स्टेशनमा नियमित रुपमा व्यायाम गर्ने समूह तथा खेलकुदसम्बन्धी निर्देशन दिने व्यक्ति रहेका छन्। यसअतिरिक्त, पैचिङ्गका एघार वटा खेलकुद विशेषतायुक्त पार्कमा पनि नियमित रुपमा व्यायाम गर्ने समूह पनि छन्।

              यसका साथै पैचिङ्गले खेलकुद संघको विकास गर्दै ठूलो ढाँचाको खेलकुद कार्यक्रम आयोजना गर्ने गरेको छ। सरकारको नेतृत्व तथा खेलकुद संघको संयोजनमा भएका ती कार्यक्रमहरुमा समाजको सहभागिता छ। हालसम्म पैचिङ्गमा सत्तहत्तर खेलकुद संघ छन्। सबै सडकहरु, गाँउबस्ती तथा बसोबास क्षेत्र तथा प्रशासनिक गाँउका नब्बे प्रतिशतमा खेलकुद संगठनको गठन भइसकेका छन् । यसबारे जानकारी दिँदै श्री सुनले भन्नुभयोः  

             "हालसम्म पैचिङ्गले खेलकुद संघलाई सामाजिकरण गरिरहेको केही खेलको प्रतियोगिताको आयोजना खेलकुद स‍घले गर्नुपर्छ। जस्तै भनौं, भएको चिनियाँहरु बास्केटबल प्रतियोगिताको आयोजना बास्केटबल संघले गरेको हो । चीन टेनिस प्रतियोगिता चीनको टेनिस संघ तथा चीनको टेनिस कम्पनीको संयुक्त तत्वावधानमा आयोजना गरिएको हो। खेललाई दैनिक जीवनसँग घनिष्ट रुपमा जोडेर लुगाफाटा, खाद्यान्न, बसाइ, हिंडाइ ती जीवनमा आधारभूत कारक तत्वबाहेक खेलकुदलाई पाँचौं कारक तत्व बनाई बासिन्दाहरुले आफ्नो जीवनमा व्यायाम गर्ने स्वस्थ तरिका बनाउन हामीले प्रयास गरिरहेका छौं।"

             उहाँले दिनुभएको जानकारी अनुसार, ओलम्पिक खेलकुदमा भाग लिने चिनियाँ खेलकुद प्रतिनिधि मण्डलका चवालीस जना पैचिङ्गबासी छन् र तीमध्ये सम्भवतः च्याम्पिङ्गशिप पाउने खेलाडीहरुमध्ये टेबुल टेनिस खेल्ने चाङ यी निङ, जिम्न्यास्टिक खेलाडी ह ख सिन तथा पौडी खेलाडी लिन ये छन् ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040