
पैचिङ्ग ओलम्पिक खेलकुद आज तेस्रो दिनमा प्रवेश भयो । आज बेलुकी आठ बजे 45 मिनेटसम्म पौडी , शुटिङ्ग, भारत्तोलन, स्परिङबोर्ड गरी जम्मा दश स्वर्णपदकको छिनोफानो भएको छ। तीमध्ये पौडीमा तीनवटा विश्व रेकर्ड कायम भएका छन् ।
अमेरिकी पौडी टोलीले चार गुना एक सय मिटर रिले पुरुष प्रतियोगितामा च्याम्पिङ्गशिप प्राप्त गरी तीन मिनेट आठ दशमलव दुई चार सेकन्डमा पूरा गरी नयाँ विश्व रिकर्ड सिर्जना गरेक छन्। जापानी पौडी खेलाडी किटाचीमा कोसुकेले एक सय मिटर ब्रेष्ट स्ट्रोक पुरुषतर्फको च्याम्पिङ्गशिप प्राप्त गरी अन्ठाउन्न दशमलव नौ एक सेकन्डमा पूरा गरी नयाँ विश्व रेकर्ड राखेका छन् । जिम्बाब्वेका खेलाडी कर्सटी कोभेनत्रीले एक सय मिटर ब्रेष्ट स्ट्रोक महिला प्रतियोगितामा अन्ठाउन्न दशमलव सात सात सेकन्डमा पूरा गरी विश्व रेकर्ड सिर्जना गरेकी छिन् ।

चिनियाँ खेलाडी लीन ये तथा हो ल्याङले सिंक्रोनाइज्ड डाइभिङ दश मिटर पुरुष प्रतियोगितामा स्वर्णपदक प्राप्त गरेका छन्। भारत्तोलन अन्ठाउन्न के.जी. समूहमा चिनियाँ खेलाडी छङ याङ छीङले स्वर्णपदक प्राप्त गरेका छन् ।
त्यसैगरी भारतीय खेलाडी बिन्द्र अभिनभले दश मिटर एअर राइफल पुरुषतर्फ स्वर्ण पदक प्राप्त गरेका छन्। यो भारतले यस पटकको खेलकुदमा प्राप्त गरेको पहिलो स्वर्णपदक हो ।
अस्ट्रेलियाका खेलाडी त्रिकेट लीस्बेथले सय मिटर बटरल्फ्राइ महिला प्रतियोगितामा स्वर्ण पदक प्राप्त गरेकी छिन् । बेलायती खेलाडी अदलीनटन रिबेकाले चार सय मिटर फ्रिस्टाइल महिला प्रतियोगिताको स्वर्णपदक हासिल गरेकी छिन् । फिन्ल्याण्डका खेलाडी माकेला नुमेला साथुले ट्रयाप महिला प्रतिस्पर्धामा स्वर्ण पदक प्राप्त गरेकी छिन् ।
यसअतिरिक्त, अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले आज जनाए अनुसार, स्पेनका साइकलिङ्ग खेलाडी मोरेनो इसाबेलले निषेधित औषधि सेवनको परीक्षामा सफल नभएकोले प्रतियोगितामा भाग लिन दिइएन ।
|