अभुतपुर्व रुपमा सम्पन्न भएको बेइजि ओलम्पिकको उद्घाटन समारोहलाई निर्देशन गर्नु भएका चलचित्र निर्देशक चाङ इमाउलाई नेपाली सञ्चार माध्यमहरुले पनि महान् कलाकारका रुपमा उभ्याएका छन्।
कान्तिपुर दैनिकले प्रथम पृष्ठमा रङन तस्विरसहित निर्देशक चाङ बारेमा समाचाङर प्रकाशन गरेको छ भने अन्य दैनिक पत्रिकाहरुले पनि समाचाङर उहाँको बारेमा समाचाङर प्रकाशन गरेका छन्। अगष्ट 8 तारिखका दिन जादुमय तरिकाले बेइजिङ राष्ट्रिय रङ्गशालामा 29 औं ओलम्पिक खेलकुदको उद्घाटन भएको थियो। हरेक नेपालीहरुले घरघरमा बसेर टेलिभिजनमा ओलम्पिकको उद्घाटन समारोहलाई हेर्दा हलको सजावट, विभिन्न प्रकृतिका सांस्कृतिक झाँकी तथा परम्परागत र आधुनिक चिनियाँ प्रस्तुतिले सबैलाई कुत्कुत्याएको थियो।
अन्तर्राष्ट्रिय क्षेत्रमा सफल चलचित्र निर्देशकका रुपमा ख्याति कमाइसकेका चाङ लागि सबैभन्दा चुनौतिपुर्ण काम नै 29 औंओलम्पिकको उद्घाटन समारोहलाई व्यवस्थित गराउनु रहेको पत्रपत्रिकाहरुले उद्धृत गरेका छन्। समाचाङरमा उल्लेख गरिएको छ बेइजिङ सुरु भएको 29औं ओलम्पिकको उद्घाटन अभुतपुर्व थियो र अब 30औं ओलम्पिकको आयोजक राष्ट्र बेलायतलाई यत्तकि उद्घाटन गर्नका लागि ठुलो चुनौति उभिएको छ। यस्उश्रउद्घाटन समारोहको चाङर घन्टा प्रस्तुतिमध्ये महत्वपुर्ण हिस्सा मल्टिमेडियाको सहयोगमा प्रस्तुत गरिएका निर्देशक चाङ पाँच हजार वर्ष पुरानो चिनियाँ सभ्यताका उल्लेखनीय कालखण्डदेखि आधुनिक समयसम्मका चरित्र विश्वलाई प्रदर्शित गरेका थिए। विश्वका अर्बौँ मानिसले टेलिभिजनबाट प्रत्यक्ष हेर्न पाएको सो अवसरमा 15 हजारभन्दा बढी प्रकाशरका वेशभुषामा सजिएका 22 हजार चिनियाँ कलाकारले आफ्नो प्रस्तुतिले आफुलाई सफल बनाएको निर्देशक चाङ बताएका थिए। उनले यसका लागि तीन वर्षभन्दा लामो समयको तयारी गरेका थिए। निर्देशक चाङ भनेका छन् ओलम्पिकको समापन समारोह तथा प्यारा ओलम्पिक सिध्याएर मात्र थकाइ मार्नेछु।
चेतनाथ आचार्य
सि.आर.आई.
काठमाडौँ
|