china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    पैचिङ प्यारा ओलम्पिक खेलकुदको तयारी कार्य सुचारुरुपमा चलिरहेको सम्बन्धमा दोश्रो भाग
    (GMT+08:00) 2008-08-12 16:30:04    

          यस वर्षको मे उनान्तीस तारिखका दिन प्यारा ओलम्पिक खेलकुद शुरु हुन एक सय दिन बाँकी रहेको उपलक्ष्यमा पैचिङ शहरले अनेकन कार्यक्रमहरुको आयोजना गरेको थियो। सोही दिन पैचिङ प्यारा ओलम्पिक खेलकुदसम्बन्धी अन्तर्राष्ट्रिय मञ्च पैचिङमा आयोजित भयो। तेह्रवटा मुलुकका बीसजना भन्दा बढी विशेषज्ञहरुले यस मञ्चमा आगामी एक सय दिनमा पैचिङ प्यारा ओलम्पिक खेलकुदको सम्बन्धित कार्य तथा प्यारा कार्यको विकासलाई के-कसरी प्रभावकारीरुपमा अघि बढाउने भन्ने विषयबारे छलफल गर्नुभयो। पैचिङ प्यारा ओलम्पिक खेलकुदको सरकारी वेभ-साइट-(paralympic.beijing2008.cn)पनि सोही दिनदेखि संचालनमा आएको छ। यस वेभ-साइट चिनियाँ तथा अंग्रेजी भाषामा तयार पारिएको छ। यो वेभ-साइट हेर्नेहरुलाई यी दुइवटा भाषामार्फत पैचिङ प्यारा ओलम्पिक खेकलदुका रंगशालाहरु, टिकटहरु, सञ्चार माध्यमको संचालन, यातायात तथा पर्यटनलगायतका विषयहरुबारे जानकारी दिइन्छ। पैचिङ प्यारा ओलम्पिक खेलकुदका अवधिमा यस सरकारी वेभ-साइटले पहिलो समयमा सरकारी खबर, प्रतियोगिताको पछिल्लो परिणाम, पदक-तालिका सार्वजनिक गर्नुका साथै मह्त्वपूर्ण पत्रकार सम्मेलनको प्रत्यक्ष प्रसारण पनि गर्नेछ।

          यसैबीच, पैचिङ ओलम्पिक खेलकुदको राँको घुमाइने कार्यक्रमसम्बन्धी स छ्वान प्रान्तको संयोजन समितिका प्रमुख चु लिंगले मे एकतीस तारिखका दिन सञ्चार माध्यमलाई जानकारी दिंदै पैचिङ ओलम्पिक खेलकुदको पवित्र राँको चीनको स छ्वान प्रान्तमा घुमाइने प्रस्तावलाई मिलाइएको कुरा वताउनुभयो। मिलाइएपछिको प्रस्ताव यस्तै छ, अगष्ट तीन तारिखदेखि पाँच तारिखसम्म स छ्वान प्रान्तको क्वांग आन, ल शान, च कुंग, यी पिन तथा छंग तु पाँचवटा शहरमा घुमाइने छ। वन छ्वानमा गएको विनाशकारी भूकम्पबाट प्रभावित भएको कारण पूर्वनिर्धारित योजनाअनुसार मे यांग, क्वांग हान तथा तु च्यांग येन तीनवटा शहरमा हुने भनिएको राँको घुमाइने कार्यक्रमलाई रद्द गरिएको छ।

          पैचिङ ओलम्पिकको पवित्र राँको निरन्तररुपमा घुमाइँदैछ। भूकम्प प्रभावित क्षेत्रको उद्धार कार्य यथावतरुपमा राँको घुमाइने गतिविधिमध्येको एउटा महत्वपूर्ण विषय हो। राँको घुमाइने क्रममा मानिसहरुले मौन धारण तथा चन्दास्वरुप रकम दिने तरिकामार्फत भूकम्पग्रस्त क्षेत्रप्रति आफ्नो ध्यान केन्द्रित गरेका छन। यसका साथै, मानिसहरुले राँको घुमाइने तरिकामार्फत माया-ममता तथा घरबारको पुन:निर्माण गर्ने अठोटको प्रचार-प्रसार गरेका छन। च्यांग सु प्रान्तमा आयोजित राँको घुमाइने कार्यक्रममा चीनका प्रसिद्ध टेलिभिजन संचालक, राँकोवाहक सा पै निंगद्वारा गरिएको सम्बोधनले राँको घुमाइने कार्यक्रममा सहभागीहरुको मनको इच्छाको प्रतिनिधित्व गरेको छ।

          यस निर्णायक बेलामा हामीले गर्नसक्ने कुरा चन्दा दिनु, ममता प्रदर्शन गर्नुका अतिरिक्त हाम्रो स्वरमार्फत हातमा-हात मिलाएर अघि बढ्ने चिनियाँहरुको भावना-शक्तिको प्रचार-प्रसार गर्नु हो। यस शक्तिको प्रचार-प्रसार धुमधामसँग गर्नु सञ्चार माध्यमका एकजना कर्मचारीको हैसियतले यस बेला मैले गर्नसक्ने सबैभन्दा ठूलो योगदान हुनसक्छ।

          पैचिड ओलम्पिक खेलकुद संयोजन समितिका कार्यकारी उपाध्यक्ष यांग सु आनले हालै "सौभाग्य पैचिङ" नामक प्रशिक्षण प्रतियोगितापछि पैचिङ ओलम्पिक खेलकुदका रंगशालाहरु ओलम्पिक खेलकुदको संचालनका लागि योग्य भएको कुरा वताउनुभयो। त्यसका अतिरिक्त, सुरक्षाको संरक्षण, यातायात, आबासलगायतका विषयको प्रत्याभूति पनि गरिएको छ जसले पैचिङ ओलम्पिक खेलकुदको सफलताका साथ आयोजनाका लागि बलियो जग बसालेको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040