पैचिङ ओलम्पिक खेलकुद आज चौथो दिनमा प्रवेश भएको छ। चीनले मंगलबारको पुरुष सामूहिक जिम्नास्टिक तथा महिला सिंक्रोनाइज दश मिटर प्लेटफर्म डाइभिंगतर्फको खेलमा दुईवटा स्वर्ण पदक जितेको छ। आज चीन आफूले प्राप्त गरेको एघार स्वर्णसहित पहिलो स्थानमा रहेको छ। आजसम्म चीनले प्राप्त गरेको स्वर्ण एघार, रजत तीन र काँश्य दुईवटा प्राप्त गरी प्रथम स्थानमा रहेको हो। हिजो आयोजित प्रतियोगितामा तेह्र स्वर्ण पदकको छिनोफानो भएको थियो ।
चिनियाँ पुरुष जिमानास्टिक टोलीले आज विहान एथेन्स ओलम्पिक खेलकुदमा हराइएको स्वर्ण पदक पुन:जितेको छ भने एथेन्स ओलम्पिक खेलकुदको च्याम्पिएन जापानी टोलीले रजत पदक जितेको छ र अमेरिकी टोलीले कांस्य पदक जितेको छ।
महिला सिंक्रोनाइच दश मिटर प्लेटफर्म डाइभिंगतर्फको खेलमा चिनियाँ खेलाडी वांग सिन र छन रो लिनले स्वर्ण पदक जित्नुभएको छ। पैचिङ ओलम्पिक खेलकुदमा चिनियाँ टोलीले डाइभिंग प्रतियोगितामा प्राप्त गरेको स्वर्ण पदक यो तेश्रो हो।
|