अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीका महिला प्रवक्ता जिसेले दाभिसले आज बोल्दै अहिलेसम्म पैचिङ ओलम्पिक खेलकुदले निषेधित औषधिसम्बन्धी जांचबुझ परीक्षण एक हजार पाँच सयवटा पुगेको जानकारी दिनुभयो ।
श्रीमती जिसेले दाभिसका अनुसार, अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी, पैचिङ ओलम्पिक संयोजन समिति तथा निषेधित औषधि प्रतिरोध संस्थाले भ्याएसम्म पूर्ण कदम चालेर एक पटकको "सफा" ओलम्पिक खेलकुदको आयोजना गर्न तथा खेलाडीहरुका लागि निष्पक्ष प्रतिस्पर्धात्मक वातावरण तयार पार्न खोजेका छन्।
थाहा भएअनुसार, पैचिङ ओलम्पिक खेलकुदमा निषेधित औषधि परीक्षणको संख्या कूल चार हजार पाँच सय हुनेछ भने यो बितेका ओलम्पिक खेलकुदहरुको दाँजोमा बढी हो ।
|