china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    श्री मान बहादुर खत्रीबाट पठाइएको शुभकामना
    (GMT+08:00) 2008-08-13 18:08:05    

                 चिनियाँ अन्तर्राष्टि्रय रेडियो नेपाली सेवामा कार्यरत आदरणीय प्रमुख, आदरणीय दिदीहरु कुसुम, केशरी मैया, च्या चे, वाँग स्यु चन् आदरणीय दाजुहरु चन्द्र, यु फँग, लिउ हांग स्याँग, कमल लम्साल, कृष्णा के. सी., साथीहरु रवि, राजु राम तथा बहिनीहरु हिमा, ललिता, प्रतिभा, मेघा, सुमेघा, लालिमा, मूना लगायत सम्पूर्णा सञ्चालक तथा कर्मचारीहरुमा मेरो हार्दिक तथा न्यानो अभिवादन ।

                  29औं ओलम्पिक खेल पूर्णा सफल होओस ।

                  विश्वमा प्रतिष्ठित मानिने ओलम्पिक खेल, 29औं गृष्मकालिन खेल आज अगष्त 8 तारीखदेखि हाम्रो अन्यन्तै नजिकको मित्रराष्ट्र जन गणातन्त्र चीनको पैचिङमा शुरु हुदैछ । सर्वप्रथम म मेरो व्यक्तिगत तफबाट तथा सम्पुर्णा नेपाली श्रोताहरुको तफबाट यस ओलम्पिकको पुर्णा सफलताको कामना गर्दछु ।

                 अहिलेको बदलिदो परिवेशमा चीनले विश्वको अर्थव्यवस्थामा खेलेको महत्वपुर्णा भूमिकालाई देखेर आत्तनि पश्चिमी पूँजीवादी देशहरुले चीनको बारेमा फैलाएका अनगिन्ति नकरात्मक विषायहरुलाई चीनले यस खेललाई शान्तिपुर्णा तरिकाले समापन गराउनेछ र पश्चिमी राष्ट्रहरुको भ्रमलाई पूर्णा रुपले हटाई दिनेछ भन्ने कुरामा म पुर्णा विश्वस्त छु । बिगतका वर्षाहरुमा जस्तै यस खेलमा पनि चिनियाँ खेलाडीहरुले आफ्नो वर्चश्व कायम राख्ने छन् र धेरै भन्दा धेरै पदकहरु जित्न सफल हुनेछन् भन्ने कुरामा म पूर्णा विश्वस्त छु । विभिन्न खेलहरुको माध्यमबाट विश्वमा शान्तिको सन्देश फैलाउने चीनको महान अभिलाषालाई यस खेलले अवश्य पनि पुरा गरोस, मेरो यहि नै हार्दिक मंगलमय शुभकामना ।

                  अन्तमा, सी. आर. आई. का निर्दशक, उप(निर्देशक, नेपाली सेवामा सेवारत प्रमुख, उप(प्रमुख, सल्लाहकार, संचालक, कर्मचारी तथा अन्य विभागका सम्पुर्णा कर्मचारीहरुको सुस्वास्थ्य, दिर्घायु तथा उत्तरोत्तर प्रगतिको कामना गर्दछु । साथै, नेपाल र चीन, नेपाली र चिनियाँ जनता साथै रेडियो तथा हामी श्रोताहरु बीचको सुमधुर सम्बन्ध दिन प्रतिदिन गाढा र घनिष्ट बन्दै जाओस । नेपाल(चीन मैत्री सम्वन्ध अमर रहोस

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040