china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    श्री विष्णुबाबु र उषा पौडेलबाट पठाइएको शुभकामना
    (GMT+08:00) 2008-08-13 18:19:06    

               अहिले भर्खरै 29औं ओलम्पिक खेलकूद प्रतियोगिताको उद्घाटन समारोह हामीले आफ्नै ल्यापटपमा ईन्टरनेट प्रविधिद्वारा हेर्यौं । BBC One ले यहाँको स्थानीय समयानुसार दिउँसो १२:४५ बजेबाट Live प्रसारण सुरु गरेको थियो । सो प्रतक्ष्य प्रसारण बेलुकी झन्डै ५:१५ बजेसम्म लगातार जारी रह्यो । अहो कस्तो भब्य कार्यक्रम ! ४ घण्टाभन्दा बढी लामो त्यो रोमन्चक क्षण आँखै झिम्म नगरी सकियो । 'एउटै बिश्व, एउटै सपना'को नारा त्यतिबेला हामीलार्इ घनिभूतरूपमा अनुभूत भयो जब नेपाल लगायत संसारका २०५ मुलुक तथा क्षेत्रहरुबाट आएका खेलाडी एवम् दर्शकहरूकामाझ चिनिँया कलाकारहरूले सुमधुर नृत्य र अन्य विविध प्रस्तुतिहरू उच्च कुशलताकासाथ प्रदर्शन गर्नुभयो । 'सुन्दर ओलम्पिक' नामको सो भव्य सांस्कृतिक कार्यक्रम साँच्चिकै सुन्दर र अविस्मरणीय थियो, सो कार्यक्रमका निर्देशक चांग यी मो महोदयलार्इ विशेष धन्यवाद दिन चाहन्छौं ।

                  १ अर्ब ३० करोड चिनिँयाहरूको न्यानो स्वागतमा संसारभरका नेतागणहरू एवम् सरकार प्रमुखहरूकासाथै ११ हजारभन्दा बढी खेलाडीहरू र ३० हजारभन्दा बढी पत्रकारहरू संलग्न यस भव्य खेलकूदले शान्ति, प्रगित र मानवजातिको विकासकालागि अभिव्यक्त गरेको एउटै साझा सपनामा हरार्इरहँदा हामीलार्इ पनि बेइजिंङ्गको नवनिर्मित सुन्दर 'चराको गुँड'मै भएको अनुभूति भयो । खासगरी चीनका ५६ वटै जातजातिहरूको एकताको प्रतिककारूपमा ससाना भाइबहिनीहरूले हातमा हात मिलाएर अघि बढ्दाको दृश्यले हामीलार्इ ज्यादै प्रभावित पार्यो । त्यस्तै हजारां वर्ष पूरानो कला र संस्कृतिलार्इ संरक्षण गर्ने चिनियाँहरूले सबैको मन जितेका छन् । त्यसकासाथै यस उद्घाटन समारोहमा प्रविधिको पनि उच्च प्रयोग भएको देख्न पार्इयो । ओलम्पिक खेलकूदको झण्डाको कलात्मक प्रस्तुति र ओलम्पिक मसाल बाल्दाका क्षणहरू साँच्चिकै जादूमय थिए ।

                  संसारले आफ्नै आँखा अघि चीनले गरेको उच्चतम विकासको नमूनाका साथै मिलनसार चिनिँयाहरूको आतिथ्य देख्न पाएको यस क्षणलार्इ हामी एउटै संसार निर्माणमा हातेमालो गर्दै अघि बढिरहेका चिनिँया जनताहरूप्रति आभार प्रकट गर्न चाहन्छौं ।

                  CRI ले आज साँझ नै सो उद्घाटन समारोहको विस्तृत विवरण प्रस्तुत गरेर टेलिभिजन र इन्टरनेटको पहुँच नहुने थुप्रै नेपाली दाजुभाइहरूका लागि भरपूर सूचना दिनुभएकोमा हामी तपार्इहरूप्रति आभारि छौं ।

                   यस्तो महत्वपूर्ण समयमा आफ्नो मातृभूमिबाट टाढा रहनुपरे पनि मेरी साथी उषाले उनको जन्मभूमि चीनमा भर्इरहेको यस महान् आयोजनाको पूर्ण सफलताको लागि CRI मार्फत् हार्दिक शुभकामना पठाएकिछिन् ।

                  आउँदा दिनहरूमा खेलकूदका पूर्ण विवरणहरूको अपेक्षा गर्दै बेइजिङ्ग ओलम्पिकको पूर्ण सफलताको लागि शुभकामना व्यक्त गर्दछौं ।

    विष्णुबाबु र उषा पौडेल

    बेलायतबाट

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040