
पैचिङ्ग यातायात समितिका प्रेस प्रवक्ता चौ युले आज पैचिङ्गमा बोल्दै ओलम्पिक खेलकुद शुरुयता पैचिङ्गको यातायात स्थिर तथा अनुशासित् भएको र गाडीहरुमाथि सीमित कदमहरु लगाइएकोले पैचिङ्गबासीहरुले सार्वजनिक यातायात साधनको प्रयोग गरेको जानकारी दिनुभएको छ। साथै उहाँले यसबाट संकलन गरिएका रचनात्मक अनुभवहरु भविष्यमा यातायात व्यवस्थापनका लागि हितकर हुने विचार पनि व्यक्त गर्नुभएको छ।
उहाँले विभिन्न खेलहरुको फाइनल प्रतियोगिता नजिकँदै आएको बेला पैचिङ्ग यातायात व्यवस्थापन विभागले रङ्गशालाको वरिपरिको यातायातलाई सुचारु रुपमा कायम राख्न प्राथमिकता दिने कुरा प्रकट गर्नुभयो।
|