चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता छिन काङ्गले आज पैचिङ्गको नियमित पत्रकार सम्मेलनमा बोल्दै मुनासिब रुपमा तिब्बतसम्बन्धी समस्याको समाधान गरिने आशा चीनको रहेको बताउनुभएको छ।
हाल दलाइ फ्रान्सका विभिन्न क्षेत्रहरुमा भ्रमण गरिरहेका भन्ने पत्रकारको एक प्रसंगको उत्तरमा उहाँले उक्त कुरा बताउनुभएको हो। उहाँकाअनुसार तिब्बतसम्बन्धी समस्याबारे चीनको अडान स्पष्ट छ। चीन र फ्रान्सले संयुक्त रुपमा प्रयास गरी बाधा हटाएर निरन्तर रुपमा पारस्परिक विश्वासलाई बढाई वर्तमान चीन र फ्रान्सबीचको सम्बन्धमा सुधार गर्नुपर्छ, जसबाट चीन र फ्रान्स बीचको सम्बन्धको विकासलाई निरन्तर र स्वस्थ रुपमा अघि लम्काउन सकिन्छ भनी बताउनुभयो ।
|