उन्नान्तीसौं ग्रीष्मकालीन् ओलम्पिक खेलकुद पैचिङ्गमा भइरहेको छ। थुप्रै श्रोताहरुले हामीलाई इमेल तथा टेलिफोनमार्फत शुभकामना व्यक्त गर्नुभएको छ।
श्री शैलेस्थान सि.आर.आई. मैत्री क्लबका भूपालदास श्रेष्ठले हामीलाई पठाउनुभएको इमेलमा यसरी भन्नुभएको छः
चीनले यस ओलम्पिक खेलकुदलाई सफलताका साथ आयोजना गरी विश्वलाई आफ्नो असल चरित्रको परिचय दिएको छ र विश्व शान्ति, विश्व भ्रातृत्वको महान कार्यलाई सफल पार्ने छ भन्ने कुरामा हामी सम्पूर्ण नेपाली विश्वस्त छौं।
हामी चीनको असल छिमेकी भएकोले पनि विश्वस्तरमा भैरहेको यस विशाल ऐतिहासिक अवसरले विश्व स्तरमा विश्वकै दौत्य सम्बन्धलाई दरिलो एवम् विश्वासिलो बनाउने एउटा शसक्त माध्यम बनेको उन्नान्तीसौं ओलम्पिक खेककुदको आयोजनाप्रति सम्पूर्ण नेपाली विश्वस्त छौं।
अन्तमा पैचिङ्ग ओलम्पिक खेलकुदको सफल आयोजनाको लागि म शुभकामना व्यक्त गर्दछु।
|