china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    नेपाल चीन समाजका अध्यक्ष स्वर्गीय रामबाबु तिवारीको शोकसभा भोलि हुने भएको छ
    (GMT+08:00) 2008-08-14 16:42:34    
              गत दुई तारिख निधन हुनु भएका नेपाल चीन समाजका अध्यक्ष स्वर्गीय रामबाबु तिवारीलाई भोलि विभिन्न संघसंस्थाले श्रद्धाञ्जली दिने भएका छन् । नेपाल चीन समाजारा काठमाडौँको कमलपोखरीमा रहेको रसियाली सांस्कृतिक केन्द्रमा भोलि अपरान्ह दुई बजे श्रद्धाञ्जलीसभाको आयोजना गर्न लागिएको हो ।

              हिन्दू सांस्कृतिक परम्परा अनुसार मृत्यु भएको तेर्ह दिनलाई काजक्रियाको अन्तिम दिन मानिन्छ । स्वर्गीय रामबाबु तिवारीको भोलि तेर्हौँ दिनको तिथि हो । स्वर्गीय तिवारीका योगदान तथा नेपाल र चीनबीचको सम्बन्धमा उहाँले पुर्याउनु भएको भूमिकाको भोलि समीक्षा पनि गरिनेछ ।

              भोलिको श्रद्धाञ्जली कार्यक्रम तथा शोकसभामा नेपालका लागि चिनियाँ राजदूत चङ्ग सियाङलिन विशेष अतिथिका रुपमा उपस्थित हुनुहुनेछ । त्यसैगरी नेपाल चीन सम्बन्धमा कार्यरत विभिन्न संघसंस्थाका प्रतिनिधिहरु पनि सो कार्यक्रममा उपस्थित हुनुहुनेछ ।

              चीन अध्ययन केन्द्र, अरनिको समाज, नेपाल चाइना फ्रेण्डशीप युथ एसोसिएसन, सि.आर.आई.श्रोता क्लबहरुको राष्टि्रय परिषद नेपाल, नेपाल चीन कार्यकारी परिषद जस्ता संस्थाका प्रतिनिधिहरु सो कार्यक्रममा उपस्थित रहने जानकारी नेपाल चीन समाजले सि.आर.आई.लाई बताएको छ । मुटुका समस्याका कारणले तिवारीको 61 वर्षको अल्पायुमै गत 2 तारिख शनिबार पाटन अस्पतालमा निधन भएको हो ।

               चीनमा गएर चिनियाँ भाषामा पोष्ट ग्राजुएट गर्नुभएका स्वर्गीय तिवारीले अरनिको समाज जस्तो संस्था स्थापना गर्न पनि सक्रिय भूमिका खेल्नु भएको थियो । त्यसैगरी उहाँ नेपाल चीन समाजको संस्थापक तथा अध्यक्ष हुनुहुन्थ्यो । उहाँले पत्रकारिता क्षेत्रमा समेत योगदान पुर्याउनु भएको छ ।

              चेतनाथ आचार्य

              सि.आर.आई.

              काठमाडौँ

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040