ओलम्पिक खेलकुदसम्बन्धी सयौं प्रदर्शनी पैचिंगमा आयोजित
(GMT+08:00)
2008-08-14 15:42:06
पैचिंग पूरातात्विक बस्तु ब्यूरोका उपप्रमुख यु फिंगले पैचिंग ओलम्पिक खेलकुदको आयोजनाअघिदेखि समाप्त भएसम्म ओलम्पिक खेलकुदसम्बन्धी एक सय दश वटाभन्दा बढी प्रदर्शनी पैचिंगमा आयोजना भएको कुरा बताउनुभएको छ। उहाँले आज पैचिंग अन्तर्राष्ट्रिय समाचार केन्द्रमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै स्वदेशी तथा विदेशी पर्यटकहरुले ती प्रदर्शनीहरुप्रति प्रशंसा गरेका कुरा पनि बताउनुभयो।