चिनियाँ अन्तर्राष्टिय रेडियो स्टेशनका अनुसार , भारतका शुटिङ खेलाडी अभिनभ बिन्द्रले भारतका लागि पहिलो स्वर्ण पदक प्राप्त गरेका छन् । चौध तारिख सबेरै भारत सरकार र जनताहरुले उनको स्वागत् गरेका छन् ।
भारतको एशिया समाचार समितिका अनुसार , भारतका राष्ट्रपति प्रतिभा पाटिलले उनीसंग भेटघाट गर्नुभयो र प्रधानमन्त्री मनमोहन सिंहले भेटघाट गर्नुहुने कार्यक्रम छ।
थाहा भएअनुसार , भारतीय ओलम्पिक खेलकुद समिति , भारतीय शुटिङग संघ, उनको परिवार , उनका छिमेकीहरु र पत्रकारहरुले विमान-स्थलमा उनको हार्दिक स्वागत गरेका थिए ।
|