विभिन्न देशका मुख्य सञ्चार माध्यमहरुले चिनियाँ खेलाडीहरुले पैचिङ्ग ओलम्पिक खेलकुद प्रतियोगितामा स्वर्ण, रजत र कांस्य पदकहरु प्राप्त गरेकोमा विविध समाचार जनाउनुका साथै उनीहरुको साहसिलो भावनाको निकै प्रशंसा गरेका छन् ।
चिनियाँ महिला खेलाडी लिउ च ग दुई सय मिटर पौडीमा विजयी भएपछि अस्ट्रेलियाका मुख्य सञ्चार माध्यमहरुले तत्काल समाचार दिंदै उनलाई स्याबासी दिएका थिए । समाचारहरुले चिनियाँ खेलाडीको क्षमतामा नजरअन्दाज गर्नु नहुने पनि बताएका छन् ।
त्यसैगरी दक्षिण अफ्रिका, फ्रान्स र फिलिपिन्सका अखवारहरुले पनि चिनियाँ खेलाडीहरुको प्रशंसा गर्दै आएका देखिन्छन्।
|