china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चीनद्वारा ओलम्पिक खेलकुदको अवधिमा बैंकिंग कार्डसम्बन्धी आपराधिक गतिबिधिको सक्रियताका साथ प्रतिरोध
    (GMT+08:00) 2008-08-14 21:39:48    
            पैचिङ ओलम्पिक खेलकुदको आयोजनाले विश्वका जनताका लागि आदान-प्रदान गर्ने एउटा अवसर उपलव्ध गराएको छ । तथापि केही अन्तर्राष्ट्रिय आपराधिक समूहले यस अवसरलाई प्रयोग गरेर आपराधिक गतिबिधि गरेका छन्। जसबाट ओलम्पिक खेलकुद अवधिमा बैंकिंग कार्डको व्यवस्थापनसमक्ष गम्भीर परिस्थिति देखापरेकोछ। हिजो चिनियाँ जन बैंकका सम्बन्धित जिम्मेवार व्यक्तिले पैचिङमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सम्बन्धित विभागले ओलम्पिक खेलकुद अवधिमा बैंकिंग कार्डसम्बन्धी आपराधिक गतिबिधिको सक्रियताका साथ प्रतिरोध गरेको कुरा वताउनुभयो।

            पहिले आयोजित ओलम्पिक खेलकुदबाट प्राप्त तथ्यांकअनुसार, ओलम्पिक खेलकुद अवधिमा बैंकिंग कार्डसम्बन्धी आपराधिक गतिबिधि स्पष्ट रुपमा बढेको थियो । त्यसकारण पैचिङ ओलम्पिक खेलकुदको अवधिमा चीनको बैंकिंग कार्डको सुरक्षासम्बन्धी प्रणाली समक्ष गम्भीर चुनौति देखापरेको छ। यसै वर्षको अप्रिलयता चिनियाँ जन बैंकले चिनियाँ सुरक्षा मन्त्रालयसँगै मिलेर बैंकिंग कार्डसम्बन्धी आपराधिक गतिबिधिको व्यवस्थापन गर्ने विशेष गतिबिधि थालेको छ। चिनियाँ जन बैंकअन्तर्गत भुक्तानी विभागका प्रमुख औ यांग वै मिन भन्नुहुन्छ,

           अहिलेसम्म हामीले बैंकिंग कार्डसम्बन्धी कूल दुई हजारभन्दा बढी मुद्दाको सामना गरेका छौं । हामीले तीन सय चौबीस जना संदिग्ध व्यक्तिहरुलाई पक्राउ गरेका छौं भने मुद्दामा मुछिएको रकम चार करोड चिनियाँ युआन पुगेको छ।

            बैंकिंग कार्डको कारोबार प्रक्रिया कार्ड लिने व्यक्ति, कार्ड बनाउने बैंक, सम्बन्धित व्यापारी, कार्ड लिने बैंक तथा विभिन्न बैंक जोड्ने संस्थासँग सम्बन्धित छ। श्री औ यांग वै मिनका अनुसार, ती पाँच संस्थामध्ये बैंकिंग कार्डसम्बन्धी आपराधिक गतिबिधि कार्ड बनाउने बैंक, सम्बन्धित व्यापारी, कार्ड लिने बैंकसामु खतरा देखापरेको छ। बैंकिंग कार्डको कारोबार प्रक्रियामा सम्बन्धित विभागले बैंकिंग सेवा उपलव्ध गराउनुका साथै ग्राहकहरुको हक-हित तथा कार्ड लिनेहरुको बैधानिक हक-हितको संरक्षण गर्नुपर्छ।

            बैंकिंग कार्ड लिने हजारौं व्यक्तिले बैंकिंग कार्डको प्रयोग गर्दा निकै सुविधाजनक रहेको लागेको छ। तथापि त्यसको पछाडि एउटा निकै जटिल प्रक्रिया छ । हामीले कम्प्युटरमा ह्याकरद्वारा गरिएको आक्रमणबारे सोच-विचार गर्नुपर्छ, केही विशेष व्यापारिहरुको ठग्ने गतिबिधिबारे सोच-विचार गर्नुपर्छ, बैंकिंग कार्ड लिने व्यक्तिहरुको व्यक्तिगत सूचनाको संरक्षणबारे सोच-विचार गर्नुपर्छ। ती समस्याहरु हामीले बैंकिंग कार्ड सम्बन्धी प्रणालीको तर्जुमा गर्दा ध्यान दिनुपर्छ।

            ओलम्पिक खेलकुद अवधिमा बैंकिंग कार्डसम्बन्धी आकस्मिक घटनालाई लक्षित गरी चीनको बैंकिंग संस्थाले विविध प्रस्तावको तर्जुमा गरेको छ। ओलम्पिक खेलकुद शुरु हुनुअघि चीनका विभिन्न बैंकहरुले ओलम्पिक खेलकुदको अवधिमा बैंकिंग सेवाको सुरक्षा सेवाको मूल्यांकन गरेका थिए। बैंकहरुले विशेष गरी नेटवर्कको सुरक्षा, विजुलीको प्रत्याभूति लगायत निर्णायक प्रक्रियालाई निष्ठापूर्वक जांचबुझ गरेका छन्। ओलम्पिक खेलकुदको उद्घाटन समारोहभन्दा अघिल्लो दिन चिनियाँ जन बैंकले अन्तर्राष्ट्रिय नक्कली बैंकिंग कार्ड समूहले चीनमा आपराधिक गतिबिधि चलाउने सूचना सार्वजनिक गरेको थियो। श्री औ यांग वै मिन भन्नुहुन्छ,

            तीमध्येको एउटा कदममा कुनै विदेशीले चीनमा बैंकिंग कार्डको प्रयोग गर्दा दश हजार चिनियाँ युआन भन्दा बढी लिनु परेमा व्यापारीले वैंकसमक्ष आफ्नो परिचय-पत्र देखाउनु पर्छ । त्यसअतिरिक्त, हामीले केही विदेशी बैंकिंग कार्ड ठगीसँग सम्बन्धित रहेको पाएको खण्डमा हामीले एउटा कालोसूचीको निर्माण गर्नेछौं। त्यस कालोसूचीले कार्ड बनाउने बैंक, सम्बन्धित व्यापारी, कार्ड लिने बैंक तथा विभिन्न बैंक जोड्ने संस्थाका लागि उपयोगी छ।

           श्री औ यांग वै मिनका अनुसार, ओलम्पिक खेलकुदको अवधिमा चीनका बैंकिंग कार्ड बनाउने बैंकहरुले बैंकिंग कार्ड पाउन निबेदन दिनेहरुको गुणस्तरमाथिको जांचबुझलाई जोडतोडसँग सबल पारेको छ । कार्ड लिने बैंकहरुले विशेष व्यापारी तथा पोस यन्त्रमाथिको व्यवस्थापनलाई सबल पारेर विशेष व्यापारीको गुणस्तरलाई निष्ठापूर्वक जांचबुझ गरेका छन्। ओलम्पिक खेलकुद शुरु भएदेखि चिनियाँ जन बैंक तथा विभिन्न व्यापारिक बैंकहरुको हार्डवेयर, सफ्टवेयर तथा वेभसाइटसम्बन्धी प्रबन्ध सुचारु रुपमा गर्दै आएका छन्।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040