china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चीन बाइस स्वर्णसहित ओलम्पिकको शीर्ष स्थानमा
    (GMT+08:00) 2008-08-14 21:45:45    

             चीनको राजधानी बेइजिङमा जारी 29औं गृष्मकालीन् ओलम्पिक शुरु भएको सातौं दिन विहिबार, चीनले आज पाँच वटा स्वर्ण पदक जितेको छ । योसहित चीनले अहिलेसम्म प्राप्त गरेको बाइस वटा स्वर्णसहित कुल चौंतीसवटा पदकका साथ पहिलो स्थानमा रहेको छ । आजसम्म चीनले प्राप्त गरेको स्वर्ण बाइस, रजत सात र पाँच वटा काँश्यसमेत गरी अग्रस्थानमा रहेको हो।

            महिला बाटरफ्लाइ दुइ सय मिटरको फाइनल प्रतियोगितामा चीनकी खेलाडी लिउ च कले स्वर्ण पदक प्राप्त गरी विश्व किर्तिमान तोडेकी छिन्। उनले चिनियाँ टोलीका लागि यस पटकको ओलम्पिक खेलकुदअन्तर्गत पौडी खेलको पहिलो स्वर्ण पदक जितेका हुन् ।

           चीनका खेलाडी यांग वैले पुरुष जिम्नास्टिक पूर्ण फाइनल प्रतियोगितामा सबैभन्दा महत्वपूर्ण स्वर्ण पदक जिते।

           भर्खरै सम्पन्न महिला आर्चरी फाइनल प्रतियोगितामा चिनियाँ खेलाडी चांग च्वेन च्वेनले स्वर्ण पदक जित्न सफल भइन् ।

           महिला जुडो अठहत्तर के.जी.फाइनल प्रतियोगितामा चिनियाँ खेलाडी यांग श्यु लिले स्वर्ण पदक प्राप्त गरिन्। चिनियाँ जुडो टोलीले यस पटकको ओलम्पिक खेलकुदमा प्राप्त गरेको यो दोश्रो स्वर्ण पदक हो।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040