नेपाल र चीनबीचको मैत्री सम्बन्धमा स्वर्गीय रामबाबु तिवारीले महत्वपुर्ण भुमिका निर्वाह गर्नुभएको नेपालका लागि चिनियाँ राजदुत च सियाङ्ग लिनले बताउनुभएको छ। आज काठमाडौँमा आयोजित स्वर्गीय रामबाबु तिवारीको शोकशभामा चिनियाँ राजदुत सियाङ्ग लिनले सो कुरा व्यक्त गर्नुभएको हो। नेपाल चीन समाजका अध्यक्ष रामबाबु तिवारी दिवस गत हुनु भएको तेरौं पुण्य तिथिमा आज काठमाडौँमा एक शोक सभा कार्यक्रमको आयोजना गरिएको थियो।
आफु नेपालका लागि राजदुत भएर आएदेखि नै स्वर्गीय तिवारीलाई चिनेको तथा उहाँ चीनका असल मित्र हुनुभएको बताउँदै राजदुत सियाङ्ग लिनले तिवारीको असामयिक निधनले नेपाल चीन मैत्री सम्बन्धमा समेत क्षति भएको बताउनुभयो। राजदुत सियाङ्ग लिनले भन्नुभयो-सवर्गीय तिवारीमा चीनका बारेमा अथाह ज्ञान थियो। उहाँ सधैँ दुई देशको सम्बन्ध विस्तारमा सक्रिय हुनुहुन्थ्यो।
नेपाल कम्युनिष्ट पार्टी माओवादीको केन्द्रीय नेता तथा सचिवालय सदस्य सिपि गजुरेलले शोकसभामा बोल्दै नेपाल र चीनबीचको सम्बन्धलाई जनस्तरसम्म पुर्याउन स्वर्गीय तिवारीले निर्वाह गर्नुभएको भुमिकाको प्रशंसा गर्दै सबै देशभक्त नेपालीका लागि तिवारी प्रेरणाको श्रोत भएको बताउनुभयो।
नेपाल कम्युनिष्ट पार्टी एमालेका केन्द्रीय सदस्य राजेन्द्र पाण्डेलले आफ्नो शोक मन्तव्यमा चिनियाँ सहयोगलाई नेपालमा रचनात्मक रुपमा प्रयोग गर्नका लागि स्वर्गीय तिवारीले काम गर्नुभएको बताउनुभयो। नेता पाण्डेले भन्नुभयो-सरकारी तथा व्यक्तिगत तहबाट रामबाबु तिवारी सँधै दुई देशको सम्बन्धको बिकासमा तथा चिनियाँ सहयोगलाईलाई नेपाली जनतासम्म पुर्याउने काममा लागिरहनुभयो।
स्वर्गीय तिवारीको योगदानलाई चर्चा गर्दै अरनिको समाजका अध्यक्ष डा. हरिश्चन्द्र शाहले अरनिको समाज स्थापना गर्नमा स्वर्गीय तिवारीले कोशेढुङको काम गर्नुभएको बताउँदै उहाँको परिवारजनमा पर्न गरेको वियोगप्रति समवेदना प्रकट गर्नुभयो।
चेतनाथ आचार्य
सि.आर.आई.
काठमाडौँ
|