
पैचिङ्ग ओलम्पिक समितिको ओलम्पिक गाउँ विभागका उपप्रमुख तङ्ग या फिङ्गले आज पन्ध्र तारिखका दिन पैचिङ्गमा बोल्दै पैचिङ्ग ओलम्पिक खेलकुद प्रतियोगिता शुरु भएदेखि ओलम्पिक गाउँका कार्यहरु सुचारु रुपमा चल्दै आएकोले अन्तर्राष्ट्रिय ओलम्पिक समिति र विभिन्न मुलुकहरुका खेलाडीहरुले त्यसको प्रशंसा गर्दै आएको बताउनुभएको छ।
उहाँको भनाइ अनुसार उक्त गाउँको कार्य औपचारिक रुपमा शुरु भएदेखि सो गाउँका कार्यहरुले पहिलेका ओलम्पिक खेलकुद प्रतियोगितको इतिहासमा चार वटा उल्लेखनीय कुरा गरेका छन्।

पहिलो, त्यहाँको भोजनालयमा खानेहरुको संख्या पहिलेको भन्दा धेरै छ। दोस्रो, सो गाउँले स्वागत र सत्कार गरेका विभिन्न मुलुकहरुका राजनीतिज्ञ, दरवारका प्रतिनिधिहरु र महत्वपूर्ण विदेशी पाहुनाहरुको संख्या सबभन्दा धेरै छ। तेस्रो, पहिलेको भन्दा पैचिङ्ग ओलम्पिक खेलकुद सबभन्दा हरित छ ।र चौथौं, पैचिङ्ग ओलम्पिक खेलकुद प्रतियोगिताको उद्घाटन समारोह पहिलेको भन्दा निकै प्रभावकारी छ।
त्यसै गरी अन्तर्राष्ट्रिय समितिका अध्यक्ष रोग्गेले पनि पैचिङ्ग ओमल्पिक गाउँ सबभन्दा सुन्दर रहेको कुरा बताउनुभएको छ।
|