पैचिङ्ग ओलम्पिक खेलकूद आज सातौं दिनमा प्रवेश भएको छ। पैचिङ्ग समय अनुसार दिउँसो साढे पाँच बजेसम्म नौ वटा स्वर्णपदकको छिनोफानो भएको छ र पौडी खेलमा तीनवटा नयाँ विश्व रिकर्ड सिर्जना गरिएको छ।
महिलातर्फको दुइ सय मिटर ब्रेस्टस्ट्रोकको फाइनलमा अमेरिकी खेलाडी सोनी रीबेक्काले दुइ मिनेट बीस दशमलब दुइ दुइ सेकन्डमा पूरा गरी नयाँ विश्व रिकर्ड सिर्जना गरेकी छिन।
पुरुषतर्फको दुइ सय मिटर ब्याकस्ट्रोकको फाइनलमा अमेरिकी खेलाडी रोच्थे राइनले एक मिनेट त्रिपन्न दशमलब नौ चार सेकन्डमा नयाँ विश्व रिकर्ड सिर्जना गरेका छन।
पुरुषतर्फ दुइ सय मिटर एकल मिडली पौडी खेलको फाइनलमा अमेरिकी प्रसिद्ध खेलाडी फेल्पस माइकलले एक मिनेट चौवन्न दशमलब दुइ तीन सेकन्डमा पूरा गरी नयाँ विश्व रिकर्ड सिर्जना गरेका छन। हालसम्म उनले यस पटकको ओलम्पिकमा छ वटा स्वर्णपदक प्राप्त गरेका छन र छ वटा नयाँ विश्व रिकर्ड सिर्जना गरेका छन।
यसका साथै चिनियाँ खेलाडी छाउ लैले महिलातर्फको पचहत्तर के.जी. भारतोलनको फाइनल प्रतियोगितामा नयाँ ओलम्पिक रिकर्ड सिर्जना गरी स्वर्णपदक प्राप्त गरेकी छिन।
|