हिजो पैचिङ्गमा शरद ऋतुको राम्रो मौसम देखिएको छ भने वायुको गुणस्तर सम्बन्धित मापदण्ड पनि पहिलो तहमा पुगेको छ। आज पनि पैचिङ्गको मौसम निकै राम्रो देखिन्छ।
सम्बन्धित अनुगमनको तथ्याँकअनुसार अगष्ट महिनाका अघिल्ला पन्ध्र दिनभित्र पैचिङ्गमा वायुको गुणस्तर सम्बन्धी मापदण्ड अनुकूल भएको छ। यसमध्येका छ दिनको गुणस्तर पहिलो तहमा पुगेको थियो भने नौ दिनको गुणस्तर दोस्रो तहमा पुगेको थियो।
पैचिङ्ग शहरको वातावरण संरक्षण व्यूरोका उप-प्रमुख तु शाउ चुंगले ओलम्पिक खेलकुदका अवधिमा हालसम्म पैचिङ्गमा वायुको गुणस्तर सधैं नै सम्बन्धित मापदण्डसित अनुकूल भएको जानकारी दिनुभएको छ।
|