
हिजो पन्ध्र तारिख साँझ चीनका राष्ट्राध्यक्ष हु चिन थाउ र उहाँकी श्रीमती लिउ युङ्ग छिङ्गले चीनको राजधानी खेलकुद स्टुडियोमा जानुभई त्यहाँका दश हजारभन्दा बढी दर्शकहरुसंगै मिलेर चिनियाँ र अमेरिकी महिला भोलिबल टीमहरु बीचको उच्च स्तरीय प्रतियोगिताको अवलोकन गर्नुभएको थियो।
उक्त महिला भोलिबल प्रतियोगितामा सहभागी भएका चिनियाँ र अमेरिकी टीमहरुका प्रशिक्षकमा छन जुङ्ग ह र चिनियाँ टीमका भूतपूर्व प्रशिक्षक लाङ्ग फिङ्ग हुनुहुनुहुन्छ। अन्तमा चिनियाँ महिला भोलिबल टीम तीनका विरुद्ध दुईव्दारा असफल भएको थियो।
सोही दिन अन्तर्राष्ट्रिय ओलिम्पिक खेलकुद समितिका आजीवन मानार्थ अध्यक्ष सामारान्चले पनि त्यहाँ गएर उक्त खेल हेर्नुभएको जनाइएको छ।
|