china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    पैचिङ ओलम्पिक खेलकुदको आधा प्रक्रिया पूरा
    (GMT+08:00) 2008-08-16 20:02:22    
             आजसम्म पैचिङ ओलम्पिक खेलकुदको आधा प्रक्रिया पूरा भइसकेको छ। अन्तर्राष्ट्रिय ओलम्पिक कमिटि तथा विभिन्न देशका प्रतिनिधि मण्डलले पैचिङ ओलम्पिक खेलकुदको संयोजन कार्यप्रति सन्तोष व्यक्त गरेका छन। आगामी दिनहरुमा पैचिङले ओलम्पिक खेलकुदको निरन्तर रुपमा राम्रोसँग आयोजना गर्नुका साथै पारा ओलम्पिक खेलकुदको संयोजन कार्य पनि राम्रोसँग गर्नेछ।

            यस महिनाको आठ तारिख पैचिङ ओलम्पिक खेलकुद शुरु भएदेखि यता विभिन्न प्रतियोगिताहरु धुमधाम तथा व्यवस्थित रुपमा चलिरहेको छ। पैचिङ ओलम्पिक खेलकुदको आधा प्रक्रिया पूरा भइसकेको परिप्रेक्षमा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटिका प्रवक्ता श्रीमति डेभिसले पैचिङ ओलम्पिक खेलकुदको संयोजन कार्य निकै उत्कृष्ठ रहेको ठहर अन्तर्राष्ट्रिय ओलम्पिक कमिटिले गरेको कुरा वताउनुभयो। उहाँ भन्नुहुन्छ,

            यो अठाइस वटा खेलहरु समावेश गरिएको एउटा भव्य समारोह हो। यस ओलम्पिक खेलकुदमा दश हजार पाँच सय जना खेलाडीहरु तथा बीस हजार जना पत्रकार तथा पर्याप्त दर्शकहरुले भाग लिएका छन। तपाईं यहाँ खेलकुद प्रतियोगिता हेरेको खण्डमा तपाईंले यहाँको संयोजन कार्य निकै राम्रो भएको कुरा पाउनुहुनेछ। हामीले यसप्रति धेरै सन्तोष व्यक्त गरेका छौं।

            निषेधित औषधी सम्बन्धी जांचबुझ ओलम्पिक खेलकुद प्रतियोगिताको निष्पक्षतालाई प्रत्याभूति दिने महत्वपूर्ण कार्यहरुमध्येको एक हो। पैचिङ ओलम्पिक खेलकुदमा भएको निषेधित औषधीको जांचबुझ वितेका ओलम्पिक खेलकुदमध्ये सबैभन्दा गम्भिर रहेको छ। पैचिङको निषेधित औषधीको जांचबुझ केन्द्रमा विश्वमा सबैभन्दा उनान्तिशील प्रबन्धहरु छन। अहिलेसम्म पैचिङ ओलम्पिक खेलकुदमा दुइ हजार वटा निषेधित औषधी सम्बन्धी जांचबुझ गरिसकिएको छ। तीमध्ये तीन जना खेलाडीहरुको नतिजा मात्र फजेटिभ रहेको छ। अन्तर्राष्ट्रिय ओलम्पिक कमिटिका सदस्य, निषेधित औषधीको जांचबुझ गर्ने विशेषज्ञ आर्ने लजुंकभिस्टले यो नतिजाप्रति खुसी व्यक्त गर्नुभएको छ।  

             पैचिङ ओलम्पिक खेलकुदको आधा प्रक्रिया पूरा भइसकेको छ। तथापि निषेधित औषधी सम्बन्धी जांचबुझमा तीन जनाको फजेटिभ नतिजा रहेको छ। यो कुरा उत्तेजित छ। जसबाट खेलाडीहरुले निशेधित औषधी लिएको कुरा अस्वीकृत रहेको कुरा बुझेका देखिन्छन। खेलाडीहरुले निषेधित औषधी लिएको खण्डमा प्रतियोगितामा भाग लिनुहुंदैन र दिइंदैन पनि।

           थाहा भए अनुसार, पैचिङ ओलम्पिक खेलकुदको अवधिमा करिब चार हजार पाँच सय पटकको निषेधित औषधी सम्बन्धी जांचबुझ गरिनेछ। तथापि पहिले यथेन्स ओलम्पिक खेलकुदमा यो नम्बर तीन हजार छ सय थियो।

            निष्पक्ष प्रतिस्पर्धाबाहेक, प्रतियोगितामा भाग लिने खेलाडीहरुले प्रतियोगिताका लागि एउटा राम्रो वातावरण हुन्छ की हुँदैन भन्ने चिन्ता लिएका थिए। अस्ट्रेलिया प्रतिनिधि मण्डलका उप-प्रमुख पिटर मोंगोमेरिले पैचिङ आउनुअघि केही खेलाडीहरुमा शंका तथा चिन्ता रहेतापनि पैचिङ आएपछि ती चिन्ताहरु अनावश्यक रहेको प्रमाण भएको कुरा वताउनुभयो। उहाँ भन्नुहुन्छ,

            पैचिङ आउनुअघि हामीले केही चिन्ता गरेका थियौं। जस्तै केही खेलाडीहरुले यहाँको मौसमसँग अभ्यस्त हुनसक्ने थिएन। तथापि कम खेलाडीहरुले यस्तो समस्या भेटेका थिए। पैचिङको कुइरो तथा वायु प्रदुषणप्रति हाम्रो चिन्ता पनि थियो। तथापि वास्तविकता हाम्रो अनुमानभन्दा धेरै राम्रो छ। गर्मी तापक्रमबारे हामीले पनि चिन्ता गरेका थियौं। तथापि अहिले हेर्दा केही दिन मात्र गर्मी भयो, अरु दिन प्रायजसो पैचिङ शीतल छ।

             पिटर मोंगोमेरिका अनुसार, खेलाडीहरु इतिहासमा सबैभन्दा राम्रो ओलम्पिक गाउँ बसेका छन भने खाद्य पदार्थ, यातायात र स्वयंसेवा धेरै राम्रो छ। तिनीहरुले पैचिङमा आनन्दसँग विताएका छन।

             अहिलेसम्म पैचिङ ओलम्पिक खेलकुदका विभिन्न प्रतियोगिताहरु सुचारु रुपमा चलिरहेका छन। पैचिङ ओलम्पिक संयोजन समितिका कार्यकारी उपाध्यक्ष वांग वै आधा प्रक्रियाबाट प्राप्त गरिएको सफल अनुभवबाट सिकेर सम्बन्धित पक्षले ओलम्पिक खेलकुद तथा पारा ओलम्पिक खेलकुदको संयोजन कार्य राम्रोसँग गर्ने कुरा वताउनुहुन्छ।  

            पारा ओलम्पिकको पहिलो प्रतिनिधि मण्डल पैचिङ आइपुगेको छ। पैचिङ ओलम्पिक खेलकुद संयोजन समितिले एउटै बेलामा ओलम्पिक खेलकुद तथा पारा ओलम्पिक खेलकुदको आयोजना गर्नेछ। यो इतिहासमा पहिलो पटक हुनेछ। त्यसले पैचिङ ओलम्पिक संयोजन समितिका लागि ठूलो चुनौति हो। हामीले ओलम्पिक खेलकुदको राम्रोसँग आयोजना गर्नुका साथै पारा ओलम्पिक खेलकुद ओलम्पिक खेलकुद जस्तै रोचक हुने कुराको प्रत्याभूति दिने छौं।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040