भेनेजुएलाका राष्ट्रपति हुगो चाभेजले आज पन्ध्र तारिखका दिन पाराग्वएको राजधानीमा बोल्दै पैचिङ्ग ओलम्पिक खेलकुद प्रतियोगिता बारेको संगठनात्मक कार्यहरु निकै राम्रो छ भनि प्रशंसा गर्नुका साथै उहाँ आफैले रातभरिनै प्रतियोगिताका विभिन्न खेलहरुको अवलोकन गर्नुभएको बताउनुभएको छ।
पाराग्वएका नव-राष्ट्रपति फेर्नान्डो लुगोको शपथ ग्रहण समारोहमा सहभागी हुनुभएका श्री चाभेजले पत्रकार सम्मेलनमा बोल्दै पैचिङ्ग ओलम्पिक खेलकुद प्रतियोगिताको सफल आयोजनाबाट समस्त विश्वले पचास वर्षभन्दा बढी समयअघिको निकै फरक भनिएको निकै शक्तिशाली चीनलाई एकाइसौं शताव्दीमा हेर्ने मौका पाएको दावी गर्नुभएको छ। उहाँको भनाइ अनुसार यो इतिहासमा रहेको सबभन्दा राम्रो ओलम्पिक खेलकुद प्रतियोगिताहरुमध्येको एक हो भने चीन र चिनियाँहरुको गौरव पनि हो।
|