 चिनियाँ खेलाडी प्रतिनिधि मण्डलका उप प्रमुख छ्वै ता लिनले आज विदेशमा कार्यरत् चिनियाँ खेलकुद प्रशिक्षकहरुलाई "गैर-सरकारी खेलकुद दूत"भनी सराहना गर्नुभयो। उहाँले आज पैचिङ्गमा आयोजित पत्रकार सम्मेलनमा उक्त सराहना गर्नुभएको हो।

पैचिङ्ग ओलम्पिक खेलकुद अवधिमा विभिन्न देशमा कार्यरत् केही चिनियाँ प्रशिक्षकहरु छन्। तीमध्ये अमेरिकी महिला भलिबल टोलीका प्रशिक्षक श्रीमती लाङ्ग फिङ्ग, अमेरिकी महिला जिम्नेस्टिक टोलीका प्रशिक्षक छ्याउ ल्याङ्ग तथा अस्ट्रेलियाका डाइभिङ्ग प्रशिक्षक थोङ्ग व्है पनि समावेश छन्। उनीहरुले विश्व खेलकुदको विकासमा सवलता ल्याउनुका साथै आफू रहेको देशको खेलकुदको स्तर पनि उकासेका छन्।
|