पैचिङ्ग ओलम्पिक खेलकुद शुरुयता ओलम्पिक खेलकुद तथा शहरी स्वास्थ्यसम्बन्धी कार्य सुचारु भइरहेको देखिएको छ । हालसम्म सार्वजनिक स्वास्थ्यमा कुनै पनि आकस्मिक समस्या देखिएको छैन।
पैचिङ्ग शहरको स्वास्थ्य ब्यूरोका उप प्रमुख एवम् प्रेस प्रवक्ता श्रीमती तङ्ग स्याउ होङ्गले आज पैचिङ्गमा आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी दिनुभएको हो।
यसबाहेक, पैचिङ्गका स्वास्थ्य विभागहरुले सम्बन्धित क्षेत्रका खाद्यान्न, सार्वजनिक स्थल, खानेपानी तथा चिकित्साको पनि पूर्ण रुपेण निरीक्षण गरेका छन्।
|