आज पैचिंग ओलिम्पिक खेलकुद प्रतियोगिता दशौं दिनमा प्रवेश भएको छ । आज अठारवटा स्वर्ण पदकको छिनोफानो हुनेछ। पैचिंग समयअनुसार दिउंसो पांच बजेसम्म चार स्वर्ण पदकको निर्णय भइसकेको छ।
महिला ट्रिएथलोनको प्रतियोगितामा अष्ट्रेलियाका खेलाडी एम्मा स्नौसिलले च्याम्पियन प्राप्त गर्नुभएको छ र पोर्चुगलका खेलाडी फेर्नान्डसले र अर्को अष्ट्रेलियाली खेलाडी मोफ्फाटले क्रमशः दोस्रो र तेस्रो स्थान प्राप्त गर्नुभएको छ ।
पुरुषको डबल याच चार सत्तरी स्तरको प्रतियोगितामा अष्ट्रेलियाली टीमले स्वर्ण पदक प्राप्त गरेको छ र बेलायती तथा फ्रान्सेली टीमले क्रमशः दोस्रो र तेस्रो स्थान प्राप्त गरेका छन् ।
महिलाको डबल याच चार सत्तरी स्तरको प्रतियोगितामा अष्ट्रेलियाली टीमले स्वर्ण पदक हल्याण्डेली टीम र ब्राजिलको टीमले क्रमशः दोस्रो स्थान र तेस्रो स्थान प्राप्त गरेका छन् ।
मैदानमा महिला साइकल प्रतियोगितामा हल्याण्डका खेलाडी मारिआना भोसले स्वर्ण पदक प्राप्त गर्नुभएको छ र क्यूबाका खेलाडी गोन्जालेज तथा स्पेनका खेलाडी ओलाबेरियाले क्रमशः दोस्रो र तेस्रो स्थान लिनुभएको छ।
|