आज अगष्ट अठार तारिख, पेइचिंग ओलम्पिक खेलकुद दशौं दिनमा प्रवेश गरेको छ। हरेक दिन पेइचिंगमा पाँचवटा ओलम्पिक खेलकुद रंगशालामा उत्कृष्ट प्रतियोगिता आयोजना भइरहेका छन्। नेपाल खेलकुद समितिका उपाध्यक्ष श्री उमेश श्रेष्ठले यी खेलकुद रंगशालाहरुको निरीक्षण गरेपछि हाम्रा सी.आर.आई. सम्वाददातासंग कुराकानी गर्दै पैचिङ्ग ओलम्पिक खेलकुदका रङ्गशालाहरु विश्वको उच्च स्तरमा पुगेको कुरा बताउंदै सराहना व्यक्त गर्नुभएको छ ।
|