 जुलाई एक तारिखदेखि पैचिङ शहरले ओलम्पिक खेलकुदका लागि यातायातको प्रत्याभूति सम्बन्धी कदम चाल्न थालेको छ। सरकारी विभागका केही सार्वजनिक मोटर-गाडीहरु बाटोमा हिंड्न नपाउने भएका छन भने निश्कासित ग्यांस सम्बन्धित मापदण्ड नपुगेका मोटर-गाडी चल्न निषेध गरिएको छ। ओलम्पिक खेलकुद नजीकिदै गएको हाराहारीमा पैचिङ शहरले यातायातको व्यवस्थापन गर्ने अरु कदम चाल्नेछ, जसबाट ओलम्पिक खेलकुद तथा पारा ओलम्पिक खेलकुदको अवधिमा सुचारु रुपमा यातायात तथा राम्रो वायु गुणस्तरको प्रत्याभूति दिनसकिनेछ। पैचिङका व्यापक बासिन्दाहरुले त्यस कुरालाई बुझेर त्यसको समर्थन गरेका छन। उनीहरुले ओलम्पिक खेलकुदको अवधिमा नीजी गाडी कम चलाएर भ्याएसम्म सार्वजनिक यातायातको साधनबाट बाहिर जाने कुरा व्यक्त गरेका छन।
पैचिङ ओलम्पिक खेलकुद तथा पैचिङ पारा ओलम्पिक खेलकुदको अवधिमा यातायात तथा वातावरणको गुणस्तर राम्रो होस भन्ने कुराको प्रत्याभूति दिनका लागि पैचिङ शहरले विविध कदम चालेको छ। जुलाइ एक तारिखदेखि सरकारी विभागका केही मोटर-गाडीहरु बाटोमा चल्न नपाउने भएका छन भने निश्कासित ग्यांस सम्बन्धित मापदण्ड नपुगेका मोटर-गाडी पनि चल्न निषेध गरिएको छ। त्यसका अतिरिक्त, जुलाइ बीस तारिखदेखि आगामी दुइ महिनामा पैचिङ शहरले जोर तारिखमा जोर नम्बरको मोटर-गाडी मात्र चल्नसक्ने तथा विजोर तारिखमा विजोर नम्बरको मोटर-गाडी मात्र चल्नपाउने निर्णय गरेको छ। पैचिङ शहरको श्वे वु क्षेत्रका चांग चेनले सामान्य बेलामा आफ्ना निजी गाडी चलाएर अफीस जान्छन। उनका अनुसार, वास्तविक कारवाहीमार्फत पैचिङ ओलम्पिक खेलकुदको समर्थन गर्नका लागि ओलम्पिक खेलकुदको अवधिमा उनले सार्वजनिक बस अथवा साइकलमार्फत बाहिर जाने निर्णय गरेका छन।

नजीक ठाउँ जांदा म साइकलबाट जानेछु भने टाढा ठाउँ जांदा म सार्वजनिक बसबाट जानेछु। धेरै ठाउँ पुग्न निजी कारभन्दा सार्वजनिक बस धेरै फाइदा छ। त्यसैले त्यो कदम निजी कार चलाउने मानिसहरुका लागि लाभान्वित हुनेछ। निजी कार नचलाउनु ओलम्पिक खेलकुदका लागि पनि एक किसिमको समर्थन हो।
पैचिङको यातायात समितिका उप-प्रमुख चौ चंग युका अनुसार, पैचिङमा एक करोड साठी लाख स्थायी जनसंख्या छन भने मोटर-गाडीको संख्या करिब तेत्तीस लाख वटा छन। ओलम्पिक खेलकुद तथा पारा ओलम्पिक खेलकुदको अवधिमा पैचिङले सत्कार गर्ने विभिन्न मुलुकका खेलाडी, पदाधिकारी तथा चीन र विदेशका दर्शकहरुको संख्या तीस-चालीस लाख हुने छन। यातायात सम्बन्धी मांग इतिहासको सर्वोच्च स्तरमा पुग्नेछ। ओलम्पिक खेलकुदको अवधिमा यातायातको सामू देखा पर्ने दबावलाई खुकुलो पार्न पैचिङले प्रभावकारी कदम चाल्नुपर्ने छ भन्दै यो ओलम्पिक खेलकुदको आयोजक मुलुकहरुको कर्तव्य पनि हो भन्ने कुरा उहाँले वताउनुभयो।

|