 चीनको राजधानी बेइजिङमा जारी 29औं गृष्मकालीन् ओलम्पिक शुरु भएको एघारौं दिन मंगलवार, चीनले आज राती नौ बजेसम्म बयालीसवटा स्वर्ण पदक जितेको छ। योसहित चीनले अहिलेसम्म प्राप्त गरेको बयालीसवटा स्वर्णसहित कुल चौहत्तरवटा पदकका साथ पहिलो स्थानमा रहेको छ। आजसम्म चीनले प्राप्त गरेको स्वर्ण-बयालीस-, रजत चौध र अठारवटा काँश्यसमेत गरी चौहत्तर वटा पदक प्राप्तगरी अग्रस्थानमा रहेको हो।
सो प्रतिस्पर्धामा अमेरिकाले आज राती नौ बजेसम्म -पच्चीस-वटा स्वर्णपदक पाएर दोस्रो स्थानमा रहँदै चीनलाई पछ्याइरहेको छ। अमेरिकाले आज राती नौ बजेसम्म पच्चीसवटा स्वर्ण, छब्बीसवटा रजत र छब्बीस वटा काँश्यसमेत छयहत्तर वटा पदकसहित दोस्रो स्थानमा रहेको हो।
यस्तै आजसम्मको प्रतिस्पर्धामा बेलायतले आज राती नौ बजेसम्म चौधवटा स्वर्ण सात वटा रजत र आठवटा काँश्य पदकसहित उनान्तीस वटा पदक हात परेर तेस्रो भएको छ।

त्यसै गरी ओलम्पिकको एघारौं दिनसम्मको खेलमा अस्ट्रेलियाले आज राती नौ बजेसम्म एघारवटा-स्वर्ण, एघारवटा रजत र बाह्र वटा काँश्यसमेत चौंतीसवटा पदकपाई चौथो भएको छ।
त्यस्तै जर्मनीले एघार वटा स्वर्ण सात वटा रजत र आठ वटा काँश्य पदकसहित चौबी सवटा पदक प्राप्त गरी पाँचौँ स्थानमा सीमित हुनपुगेको छ।
|