अमेरिकालाई पछाडि पार्दै 29औं गृष्मकालीन ओलम्पिक खेलकूदमा चीनले पदक जित्ने क्रमलाई निरन्तरता राखेकोमा नेपालीहरुले खुशी प्रकट गरेका छन् । 28 औं ओलम्पिक र त्यसभन्दा अगाडि अमेरिकाले पदक तालिकामा प्रथम स्थान प्राप्त गरेको थियो भने चीनले दोस्रो स्थान प्राप्त गरेको थियो । बेइजिङ्ग ओलम्पिक सुरु हुनुभन्दा केही पहिले भएको एक सर्वेक्षणले 29 औं गृष्मकालीन ओलम्पिक खेलकूदमा चीनले प्रथम स्थान प्राप्त गर्ने तथ्या बाहिर आएको थियो ।
चिनियाँ खेलाडीले गरेको अथक प्रयास तथा चिनियाँ तयारीले गर्दा चीनले आज 12 औं दिनसम्म पनि अग्रस्थान कायम गरेको छ । पदक तालिका अनुसार चीनले आफूलाई पछ्याइरहेको अमेरिकाभन्दा झण्डै दोब्बर बढी स्वर्ण पदक हात पारेको छ । ओलम्पिक खेलको समापनसम्ममा चिनियाँ पदक तालिकाले प्रथम स्थान प्राप्त गर्ने पक्का भएको छ । यस अवसरमा चिनियाँ खेलाडीलाई बधाई दिँदै आफूहरु पनि अत्यन्त खुशी भएको नेपालीहरुले बताएका छन् ।
विश्व फुटबल महासंघको अन्तर्राष्ट्रिय रेफ्री लवकुमार केसीले चिनियाँ जितलाई एसियाकै गौरब मान्नुभएको छ । उहाँका अनुसार नेपालको छिमेकी मुलुकको जितलाई नेपालीहरुले आफ्नै जितको रुपमा लिएको तथा यसले नेपाली खेलाडीहरुलाई खुशी तुल्याएको छ । केसीले सि.आर.आई.सँग कुरा गर्दै भन्नुभयो "चिनियाँ खेलाडीहरुको व्यावसायिकता तथा उच्च दक्षताका कारणले चीनले विश्वलाई चकित पार्ने गरी पदक जितेको हो ।"
राष्ट्रिय खेलकूद परिषदको अन्तर्राष्ट्रिय विभागका प्रमुख अशोकबहादुर श्रेष्ठले चिनिया जितले आफू अत्यन्त खुशी बनाएको बताउनुभयो । श्रेष्ठका अनुसार चिनियाँ खेलको प्रस्तुतिले नेपालले पनि धेरै कुरा सिक्ने वातावरण भएको छ । यसलाई हामीले एक अशल छिमेकी मुलुकको प्रगतिका रुपमा लिनुपर्दछ।
त्यसैगरी सि.आर.आई. श्रोता क्लबहरुको राष्ट्रिय परिषद नेपालका कोषाध्यक्ष गंगाप्रसाद शाहले पनि चिनियाँ जितले चिनियाँ जनतालाई बधाई दिन चाहेको बताउनुभयो ।
चेतनाथ आचार्य
सि.आर.आई.
काठमाडौँ
|