यसबाहेक, अन्तर्राष्ट्रिय ओलम्पिक समितिअन्तर्गत बजार विकास विभागका प्रमुख तिमो लुमेले आज बोल्दै पैचिङ्ग ओलम्पिक खेलकुद सारा संसारका दुइ सय वटाभन्दा बढी मुलुक तथा क्षेत्रका टेलिभिजन च्यानलमार्फत रिले गरी प्रसारण गरिएकाले बितेका ओलम्पिक खेलकुदहरुमध्ये रिले गरिने परिधि सबैभन्दा ठूलो ओलम्पिक खेलकुद भएको जानकारी दिनुभयो।
यसबाहेक, पैचिङ्ग ओलम्पिक खेलकुद नयाँ सञ्चार-प्रविधिमार्फत प्रत्यक्ष रुपमा प्रसारण गरिएको पनि पहिलो पटक हो। यसका साथै अन्तर्राष्ट्रिय ओलम्पिक समितिको वेभसाइट हेर्ने दरले पनि इतिहासको नयाँ किर्तिमान सिर्जना गरेको छ।
|