china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    ओलम्पिक शुरु भएको बार्‍हौं दिनसम्म चीन पैतालीसवटा स्वर्णसहित ओलम्पिकको शीर्ष स्थानमा
    (GMT+08:00) 2008-08-20 19:40:29    

                चीनको राजधानी बेइजिङमा जारी 29औं गृष्मकालीन् ओलम्पिक शुरु भएको बार्‍हौं दिन मंगलवार, चीनले आज राती नौ बजेसम्म पैतालीसवटा स्वर्ण पदक जितेको छ । योसहित चीनले अहिलेसम्म प्राप्त गरेको पैतालीसवटा स्वर्णसहित कुल अठहत्तरवटा पदकका साथ पहिलो स्थानमा रहेको छ । आजसम्म चीनले प्राप्त गरेको स्वर्ण पैतालीस , रजत चौध र उन्नाइसवटा काँश्यसमेत गरी अठहत्तरवटा पदक प्राप्तगरी अग्रस्थानमा रहेको हो ।

                सो प्रतिस्पर्धामा अमेरिकाले आज राती नौ बजेसम्म छब्बीसवटा स्वर्णपदक पाएर दोस्रो स्थानमा रहँदै चीनलाई पछ्याइरहेको छ। अमेरिकाले आज राती नौ बजेसम्म छब्बीसवटा स्वर्ण, छब्बीसवटा रजत र सत्ताइस वटा काँश्यसमेत उनान्असीवटा पदकसहित दोस्रो स्थानमा रहेको हो ।

                यस्तै आजसम्मको प्रतिस्पर्धामा बेलायतले आज राती नौ बजेसम्म –सोर्‍हवटा स्वर्ण दशवटा रजत र दशवटा काँश्य पदकसहित छत्तीसवटा पदक हात परेर तेस्रो भएको छ।

                त्यसै गरी ओलम्पिकको बार्‍हौं दिनसम्मको खेलमा रुसले आज राती नौ बजेसम्म तेर्‍हवटा स्वर्ण, चौधवटा रजत र –अठारवटा काँश्यसमेत पैंतालीसवटा पदकपाई चौथो भएको छ।

                त्यस्तै अष्ट्रेलियाले एघारवटा स्वर्ण बार्‍हवटा रजत र –बार्‍हवटा काँश्य पदकसहित पैंतीसवटा पदक प्राप्त गरी पाँचौँ स्थानमा सीमित हुनपुगेको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040