china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चीनका राष्ट्राध्यक्ष हु चिन थाउद्वारा केही विदेशी नेताहरुसँग भेटघाट
    (GMT+08:00) 2008-08-22 16:28:15    

               चीनका राष्ट्राध्यक्ष हु चिन थाउले पैचिङ ओलम्पिक खेलकुदको विसर्जन समारोहको अवलोकन गर्न आउनुभएका केही विदेशी नेताहरुसँग आज पैचिङमा भेट-वार्ता गर्नुभयो।

                बेलायतका प्रधानमन्त्री गोर्डन ब्राउनसँग भेट-वार्ता गर्दा राष्ट्राध्यक्ष हु चिन थाउले ओलम्पिक खेलकुदको आयोजना गर्ने अनुभव बेलायतसँग आदनप्रदान गर्न चीन इच्छुक रहेको छ भन्दै सन् 2012 मा लण्डनमा आयोजना हुने ओलम्पिक खेलकुद सफल रहोस् भन्ने शुभकामना व्यक्त गर्नुभयो।

                प्रत्युत्तरमा प्रधानमन्त्री ब्राउनले ओलम्पिक खेलकुद तथा केही खेलको आयोजना गर्ने क्षेत्रमा चीनद्वारा पाइएको सफल अनुभवबाट सिकेर लण्डन ओलम्पिक खेलकुदलाई एउटा उच्च स्तरको खेलकुदको आयोजना गर्ने कुरा वताउनुभयो।

                दोमिनिकका राष्ट्रपति निकोलास लिभेरपुलसँग भेट-वार्ता गर्दा श्री हु चिन थाउले दोमिनिकसँगै मिलेर विभिन्न क्षेत्रमा विद्यमान आदान-प्रदान तथा सहयोगलाई निरन्तर रुपमा विस्तार गर्ने तथा साझा विकास र समृद्धिलाई साकार तुल्याउने कुरा वताउनुभयो।

                प्रत्युत्तरमा लिभेरपुलले दोमिनिकले एक चीनको नीतिमा अडिग रहने कुरा भन्दै दुवै पक्ष बीचको सहयोग अरु सबल हुने आशा व्यक्त गर्नुभयो।

                यसै बीच राष्ट्राध्यक्ष हु चिन थाउले अस्ट्रेलियाका गभर्नर जेफरीसँग पनि भेटघाट गर्नुभएको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040