अब प्रस्तुत गर्दैछौं, पैचिङ्ग ओलम्पिक2008 को सन्दर्भमा स्वर्णीम मित्रता श्रोता क्लबका अध्यक्ष हुम बहादुर खड्काले हामीलाई पठाउनुभएको यो संदेश।
लामो प्रतिक्षा पश्चात अगष्ट आठ तारिखका दिन हाम्रो छिमेकी मित्रराष्ट्र जनगणतन्त्र चीनको भूमिमा उन्नतीसौं ग्रीष्मकालीन ओलम्पिक खेलकुद शुरु भएको छ। चीनको राजधानी पैचिङ्ग शहरमा आयोजित उक्त ओलम्पिक खेलकुदको उच्च प्रशंसा गर्दै पूर्ण सफलताका लागि चीन सरकार तथा चिनियाँ जनताहरुद्वारा गरिएको अथक प्रयासप्रति हामी नेपालीहरु असाध्यै प्रभावित र हर्षित भएका छौं। म सि.आर.आई.श्रोता क्लबहरुको राष्ट्रिय परिषद-नेपालको जिम्मेवार सदस्य एवम चीन र सिङ्गो चिनियाँ जनताको एउटा शुभेच्छुक मित्रका नाताले पैचिङ्ग ओलम्पिक 2008को भब्य सफलताका लागि सि.आर.आई.नेपाली सेवामार्फत हार्दिक मँगलमय शुभकामना व्यक्त गर्न चाहन्छु।
एउटै संसार, एउटै सपना भन्ने मूल मर्म बोकेको पैचिङ्ग ओलम्पिक खेलकुद केवल एक अर्ब तीस करोड चिनियाँ दाजुभाई-दिदीबहिनीका लागि मात्र नभई हामी सिङ्गो नेपाली र समग्र विश्व समुदायका लागि समेत गौरव र आकर्षणको केन्द्र विन्दु बनेको कुरामा कसैको दुइमत नहोला। ओलम्पिक खेलकुद विश्व शान्ति, मित्रता र सदभावको प्रतिक हो।
अन्त्यमा पैचिङ्ग ओलम्पिक खेलकुद तथा प्यारा ओलम्पिक खेलकुदको पूर्ण सफलताको कामना गर्दै यो खेलकुद चीन र विश्वका अन्य मुलुकहरु बीचको मैत्री सम्बन्धको बलियो आधार बन्न सकोस् भन्ने शुभेच्छा पनि व्यक्त गर्दछु।
|