पैचिङ्ग ओलम्पिक खेलकुद सम्पन्न हुनलागेको सिलसिलामा विश्वका सैंतीसवटा नयाँ किर्तिमानको सिर्जना गर्नुका साथै सतहत्तरवटा ओलम्पिक किर्तिमानको पनि सिर्जना गरेको छ। पैचिङ्ग ओलम्पिक खेलकुदको संयोजन समितिअन्तर्गत खेलकुद विभागका उपप्रमुख लिउ वन पिनले आज पैचिङ्गमा आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी दिनुभएको हो।
श्री लिउका अनुसार, आजसम्म जम्मा पचासवटा मुलुक तथा क्षेत्रले स्वर्ण पदक प्राप्त गर्नुका साथै असीवटा मुलुक तथा क्षेत्रले पदक पाएका छन।
यसका साथसाथै उत्तेजक औषधीविरोधी पैचिङ्ग ओलम्पिक खेकलुदको सम्बन्धित कार्य पनि सुचारु रुपमा चलिरहेको देखिन्छ। अन्तर्राष्ट्रिय ओलम्पिक समितिका प्रेस प्रवक्ता गिसेल दाभिसका अनुसार, जूलाई सताईसदेखि अगष्ट एकाईस तारिखसम्म अन्तर्राष्ट्रिय ओलम्पिक समितिले उत्तेजक औषधीसम्बन्धी जम्मा चार हजार छ सय बीसवटा जाँचबुझ गरिसकेको छ।
|