आज पैचिंग ओलिम्पिक खेलकुद प्रतियोगिता चौधौं दिनमा प्रवेश भएको छ। आजजम्मा एकाईसवटा स्वर्ण पदकको छिनोफानो हुनेछ। पैचिंग समयअनुसार राति नौ बजेसम्म सत्रवटा स्वर्ण पदकको निर्णय भइसकेको छ।
चीनले प्राप्त गरेको स्वर्ण छयालीस , रजत पन्ध्र र बाईसवटा काँश्यसमेत गरी त्रीयासीवटा पदक प्राप्तगरी अग्रस्थानमा रहेको छ।
सो प्रतिस्पर्धामा अमेरिकाले आज राती नौ बजेसम्म तीसवटा स्वर्णपदक पाएर दोस्रो स्थानमा रहँदै चीनलाई पछ्याइरहेको छ। अमेरिकाले आज राती नौ बजेसम्म तीसवटा स्वर्ण, छतीसवटा रजत र चौंतीसवटा काँश्यसमेत एकसयवटा पदकसहित दोस्रो स्थानमा रहेको हो।
यस्तै आजसम्मको प्रतिस्पर्धामा बेलायतले आज राती नौ बजेसम्म अठार वटा स्वर्ण बार्हवटा रजत र एघारवटा काँश्य पदकसहित एकचालीसवटा पदक हात परेर तेस्रो भएको छ।
त्यसै गरी ओलम्पिकको चौधौं दिनसम्मको खेलमा रुसले आज राती नौ बजेसम्म सोर्हवटा स्वर्ण, सोर्ह वटा रजत र बाईस वटा काँश्यसमेत चौउन्न वटा पदकपाई चौथो भएको छ।
त्यस्तै जर्मनीले तेर्ह वटा स्वर्ण नौ वटा रजत र तेर्ह वटा काँश्य पदकसहित पैँतीसवटा पदक प्राप्त गरी पाँचौँ स्थानमा सीमित हुनपुगेको छ।
|