आज पेइचिंगमा आयोजित तेक्वान्दो प्रतियोगितामा तेक्वन्दोका नेपाली खेलाडी दीपक बिस्ट असफल हुनुभयो।
नेपाली खेलाडी दलका प्रमुख सिताराम मास्केका अनुसार, पहिलो चरणको खेलमा दिपकले इरानी खेलाडीसँग भिड्नुभयो। त्यति बेला नै दिपकको खुट्टा घाइते भयो। खुट्टा घाइते भएको कारणले त्यसपछिको प्रतियोगितमा श्री विष्ट असफल हुनुभयो।
हाम्रा सी.आर.आई.का सम्वाददातालाई अन्तर्वार्ता दिंदै श्री मास्केले यदी खुट्टा घाइते नभएको भए दिपकले अझ राम्रो प्रदर्शन गर्नसक्ने कुरा बताउनुभएको छ।
|